एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटी जिम्मेवारी बाँडफाँड

एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटी जिम्मेवारी बाँडफाँड

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०७९

युरोप । नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको जानकारी प्रचार  विभाग प्रमुख शेरबहादुर परियार दिनु भएको छ ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा  प्रवास समन्वय कमिटीका संयोजक प्रसाद शाहको अध्यक्षता तथा महासचिव डा बेदुराम भुसालको प्रमुख आतिथ्यमा भर्चुअल अनलाइन मार्फत भएको बैठकले सचिवालय गठन तथा जिम्मेवारी बाँडफाँड गरेको हो।

बैठकले श्रीप्रसाद शाहको संयोजकत्वमा सचिवालयको गठन गरेको छ।  १६ सदस्यीय सचिवालयमा सुवास पोखरेल (जर्मनी), भीम कार्की(अमेरिका),राजन कुमार बस्नेत (अस्ट्रेलिया), ध्रुव सुवेदी(अस्ट्रेलिया) रामहरी गैरे(कतार) तथा सागर रिजाल (जापान) रहनु भएको छ । 

त्यसैगरी सचिवालयका अन्य सदस्यहरुमा शेरबहादुर परियार (पोल्याण्ड), टीबी कार्की(कतार),भानुभक्त पोखरेल (नेपाल),सीता खरेल (अमेरिका), शुभराज बमजन(दक्षिण कोरिया), दोर्ण सिलवाल (जापान),उमेश मोक्तान(बेलायत),बाला घिमिरे(अमेरिका),गणेश कुँवर(अमेरिका) रहेका छन्।

त्यसैगरी बैठकले बिभिन्न ११ विभागहरूको समेत गठन गरेको छ। सुवास पोखरेल स्कुल , ध्रुव सुवेदी संगठन , शेरबहादुर परियार प्रचार , टीबी कार्की आर्थिक, सीता खरेल महिला, गणेश कुँवर पर्यटन, दोर्ण सिलवाल संघ संस्था समन्वय , बाला घिमिरे समाज कल्याण तथा विपत व्यवस्थापन, राजु मानन्धर युवा तथा खेलकुद, शुशिल क्षेत्री कला तथा संस्कृति,श्रम तथा रोजगार राजु गुरुङ प्रमुख तथा सबै  विभागका ७ सदस्यीय रहेका समिति गठन गरेको छ।

त्यसैगरी बैठकले नरेश श्रेष्ठ (कतार) संयोजक तथा कृष्ण खड्का(जापान),चेतनाथ भट्टराई (अमेरिका),मोहम्मद मुख्तदा मुसलमान(कतार),भरत पुन (अमेरिका) सदस्य रहेको सल्लाहकार परिषद गठन गरेको छ। त्यसैगरी चेतनाथ घिमिरे (अमेरिका) संयोजक तथा राजेन्द्र भट्टराई (जापान), पदम गिरी (कतार) सदस्य रहेको अनुशासन आयोग र हरि लामिछाने (अष्ट्रेलिया) संयोजक तथा दिनेश राज ज्ञवाली (जापान), सतिश रेग्मी(कतार) सदस्य रहेको लेखा आयोग गठन गरेको छ।

शेरबहादुर परियार, युरोप/नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीले विभागलाई पूर्णता दिएको छ।

 नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटी  प्रचार प्रमुख शेरबहादुर परियार अनुसार विभागका सदस्यहरु स्कूल बिभाग प्रमुखमा सुभाष पोखरेल जर्मनी, सदस्यहरुमा सुरेन्द्र थापा एस पी कपिल जापान, डा. मनमुर्ती भुर्तेल रसिया, नन्द ढुंगाना कतार सदस्य, प्रदिप तिमल्सिना अमेरिका र  टिका पौडेल कुवेत रहनु भएकाे छ ।

 संगठन बिभाग  प्रमुखमा ध्रुव सुबेदी अष्ट्रेलिया,सदस्यहरुमा  रामहरी गैरे कतार, सागर रिजाल जापान सदस्य, भानुभक्त पोखरेल नेपाल, सिता खरेल अमेरिका, टिबी कार्की कतार, अच्युत थपलिया अष्ट्रेलिया,  धन कुमार बोहरा नेदरल्याण्ड, राधाकृष्ण देऊजा अमेरिका, तिलक दाहाल जापान र ईन्द्रदेव शर्मा कुवेत हुनुहुन्छ भने  आर्थिक बिभाग प्रमुखमा टिबी कार्की कतार, तोयानाथ पौडेल कतार सदस्य, र श्रीकृष्ण अर्याल जापान हुनुहुन्छ । 

 त्यसैगरी  महिला बिभाग प्रमुखमा  सिता खरेल अमेरिका,  मन्जु  गिरी जापान उप-प्रमूख र सदस्यहरुमा निगम खनाल क्यानाडा, सपना महर्जन कतार, माया तामाङ्ग ओमन र गोमा माझी साईप्रसलाई जिम्मेवारी दिइएको छ ।  

 प्रचार प्रसार बिभाग प्रमुखमा  शेर ब. परियार पोल्याण्ड, सदस्यहरुमा  उद्धव खड्का अष्ट्रेलिया, बिनोद दाहाल जापान,  खग ब खत्री कतार, दिपेन्द्र गजुरेल स्पेन, तिलक कु राई युएई र  तुल राज पाण्डे जिम्मेवारी दिइएको छ भने  संघसंस्था समन्वय बिभाग प्रमुखमा  द्रोण सिलवाल जापान र सदस्यहरुमा  दामोदर रावल अष्ट्रेलिया, नारायण ढुंगाना कतार र कृष्ण देवकोटा जर्मनी रहनु भएको छ । 

प्रचार प्रसार बिभाग प्रमुखमा परियारका अनुसार  पर्यटन बिभाग  प्रमुखमा  गणेश कुँवर अमेरिका प्रमूख र सदस्यको जिम्मेवारी  संजय मुडवरी स्विट्जरल्याण्ड,  सदस्य भुवन प्र घिमिरे जापान, मानबीर लामा कुवेत तोकिएको छ । 

सामाजिक उपकार तथा बिपद ब्यबस्थापन बिभाग प्रमुखमा बाला घिमिरे अमेरिका रहनु भएको छ भने  सदस्यद्वय   बिमल गौतम साउदी अरब,  हरि लामिछाने जापान हुनुहुन्छ । श्रम तथा रोजगार बिभागको प्रमुखमा  राजु गुरुङ  युएई, सदस्यहरुमा  टंक कटुवाल पोल्याण्ड, दिनेश कटवाल कतार,  टक्कर कुँवर जापान,  सूर्य लामा कुवेत र ६ सन्तोष देवकोटा साउदी अरबले जिम्मेवारी पाउनु भएको छ ।  

युवा तथा खेलकुद बिभागको प्रमुखमा  राजु मानन्धर अष्ट्रेलिया, सदस्यहरुमा सुमित रोकाया जापान,  चिन्तन बुढामगर साईप्रस,  रुक रानाभाट कतार, पदम गिरी कतार र  सफल न्यौपाने युएई तोकिएको छ ।   कला-संस्कृति बिभाग प्रमुखमा शुशिल क्षेत्री अमेरिका सदस्यहरुमा  रोशन अर्याल कतार, पदम रानाभाट कतार,  सूर्य रूम्बा कोरिया सदस्य,  प्रेम गौतम स्विडेन रहनु भएकाे छ ।