मेगा बैंकको '६ गुणा' सम्म प्रतिफल दिने 'मेगा म्याजिक मुद्दती योजना'

मेगा बैंकको '६ गुणा' सम्म प्रतिफल दिने 'मेगा म्याजिक मुद्दती योजना'

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १, २०७९

काठमाडौँ  । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहक माझ '६ गुणा' सम्म प्रतिफल दिने 'मेगा म्याजिक मुद्दती योजना'  ल्याएको  बैंकले जनाएको छ । 

मेगा बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् भने संस्थागत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । त्यसै गरी रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले ७० महिनादेखि १८० महिना भित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । 

बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले रु. १ लाखदेखि माथी र संस्थागत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले रु. ५ लाखदेखि माथी रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ । यस प्रकारको योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहक महानुभावहरुलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ ।

आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई मुद्दती खाता खोली यस योजनाबाट लाभान्वित हुन ग्राहकहरुलाई मेगा बैंकले आग्रह गरेको छ ।