तत्कालीन राजा वीरेन्द्रको सम्पत्तिमा ब्रह्मलुटः लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको

तत्कालीन राजा वीरेन्द्रको सम्पत्तिमा ब्रह्मलुटः लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०७६

तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ । हालको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ । 

हालको चन्द्रगिरि नगरपालिकाको थानकोट महादेशस्थानको ४३ कित्ताको १ सय २ रोपनी ३ पैसा, मातातीर्थको ३४ कित्ताको ५९ रोपनी १ आना ३ पैसा , सतुंगलको १ कित्ताको १ रोपनी ६ आना ३ पैसा व्यक्तिको नाममा गइसकेको छ । 

बालाजुको २७ कित्ताको १० रोपनी ६ आना १ पैसा र सामाखुसीको ९ आना जग्गा ६ वर्षअघि नै व्यक्तिको नाममा गएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिक छ ।