'गैरआवासीय नेपालीहरुलाई नेपालसँग जोड्नको लागि दोहोरो नागरिकता दिइनुपर्छ'

'गैरआवासीय नेपालीहरुलाई नेपालसँग जोड्नको लागि दोहोरो नागरिकता दिइनुपर्छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०७९

टेक्सास । गैरआवासीय नेपाली संघ अमेरिका अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष सुनिल साहले गैरआवासीय नेपालीहरुलाई नेपालसँग जोड्नको लागि दोहोरो नागरिकता दिइनु पर्ने कुरामा जोड दिनु भएको छ ।

रिपोर्टर्स क्लब नेपाल अमेरिका शाखाद्वारा आज टेक्सासको युलेशमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै कोषाध्यक्ष साहले एक पटकको नेपाली सधैंको नेपाली भएकाले गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता उपलब्ध गराएमा नेपालको बिकासमा गैरआवासीय नेपालीहरुले योगदान गर्न सक्ने बताउनु भयो ।

पत्रकारहरुको एक प्रश्नमा कोषाध्यक्ष साहले नेपालको संबिधानमा भएको व्यवस्था बमोजिम नागरिकता बिधेयकमा गैरआवासीय नेपालीहरुलाई राजनीतिक अधिकार वाहेक सबै अधिकार दिइएकोमा स्वागत गर्दै राजनीतिक अधिकारको संघर्ष सफल हुने बिश्वास व्यक्त गर्नु भयो ।

सम्माननीय राष्ट्रपतिबाट बिधेयकमा केही जिज्ञासा राख्नु स्वभाविक भएको बताउदै साहले प्रतिनिधी सभा तथा राष्ट्रिय सभाबाट पारित भईसकेको नागरिकता बिधेयक राष्ट्रपतिबाट प्रमाणिकरण हुनेमा दुईमत नरहेको बताउनु भयो ।

बिभिन्न कारणले नागरिकता पाउनबाट बन्चित मधेशी समुदायका छोराछोरीहरूलाई बंशजको नाताबाट प्रमाणित गर्ने चुनौती रहेको बताउदै साहले मधेशमा नागरिकता समस्या सामाधान गर्न विधेयकले सहयोग गर्ने बिचार ब्यक्त गर्नु भयो । 

बिभिन्न कारणबाट गैरआवासीय भएका नेपालीहरु नेपालमा लगानी भित्र्याउन चाहेकाले उनिहरुको लगानी गर्ने बातावरण वनाउन सरकारले स्पष्ट कानून बनाउनु पर्दछ । 

रिपोर्टस क्लब नेपाल अमेरिका शाखाका अध्यक्ष किसन रेग्मीको अध्यक्षतामा सम्पन्न भएको साक्षात्कार कार्यक्रममा महासचिव ओम आचार्यले सञ्चालन गर्नु भएको थियो ।