एकीकृत समाजवादी  आयोगका पदाधिकारीहरूलाई  प्रशिक्षण सुरु

एकीकृत समाजवादी  आयोगका पदाधिकारीहरूलाई  प्रशिक्षण सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टी स्कुल विभागले विभिन्न आयोगका पदाधिकारीहरू र सदस्यहरूलाई  प्रशिक्षण सुरु गरेको छ ।

शुक्रबार बाट सुरु भएको प्रशिक्षण २ दिन सम्म सञ्चालन हुने छ । प्रशिक्षण कार्यक्रममा पार्टी अन्तर्गतका अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीहरू तथा सदस्यहरू गरी एक सय बढीको सहभागिता रहेको पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव अशेष घिमिरेले जानकारी दिनु भएको छ । 

प्रशिक्षणमा नेपालमा जनवादी क्रान्ति र अबको बाटो विषयमा पार्टीका सम्मानित नेता झलनाथ खनालले सहजिकरण गर्नुहुने छ भने  मार्गदर्शक संगठनात्मक सिद्धान्त  र कार्यदिशा तथा कार्यभार विषयमा पार्टीका महासचिव डा. वेदुराम भुसालले सहजिकरण गर्नुहुने छ ,समाजवादका लागि राजनैतिक अर्थशास्त्रको विषयमा पार्टीका उपमहासचिव डा।विजय पौडेल र पुँजीवादी प्रभुत्व र समाजवादको विषयमा केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव अशेष घिमिरेले सहजिकरण गर्नुहुने छ । 
कार्यक्रम अन्तर्गत पार्टीका काममा योगहरू विषयमा समुह कार्य समेत गरिने बताईएको छ । 

यस्तै स्कुल विभागले वुद्धिजीवि पेशागत संगठन ट्रेड युनियन र भूपू सैनिक तथा प्रहरी सङ्गठनका प्रमुख तथा पदाधिकारीहरूलाई समेत एक हप्ते प्रशिक्षण सञ्चालन गरिरहेको छ ।