निक्षेप तथा कर्जा सुरक्षण कोष र एनसीसी बैंक बीच लगानी कोषमा सुरक्षित गर्ने सम्झौता (विज्ञप्तिसहित)

निक्षेप तथा कर्जा सुरक्षण कोष र एनसीसी बैंक बीच लगानी कोषमा सुरक्षित गर्ने सम्झौता (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ३, २०७९

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्श बैंक बीच साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएकाे कोषले जनाएकाे छ । 

कोषका अनुसार  साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धि सम्झौता पत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नेपाल क्रेडिट एण्ड कमर्श बैंकका तर्फ प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गर्नु भएको छ । 

सम्झौता अनुसार नेपाल क्रेडिट एण्ड कमर्श बैंकले साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण कर्जा अन्तर्गत प्रवाह गरेको १ करोड सम्म लगानी कोषमा सुरक्षित रहने र कोषको पूर्व स्वीकृतिमा ३ करोड सम्मको कर्जा समेत सुरक्षित गर्ने  समझदारी भएकाे कोषले जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ