नेपाल किराँत राई संघमा केशर चाम्लिङ राई र नेपाल लिम्बू संघमा काजीमान पङ्धाक

नेपाल किराँत राई संघमा केशर चाम्लिङ राई र नेपाल लिम्बू संघमा काजीमान पङ्धाक

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०७९

बिर्तामोड । प्रदेश नं १ का सामाजिक विकास मन्त्री राजन राईले नेकपा एमालेका कारण प्रदेशको नामाकरण गर्ने अवसर गुम्दै गएको बताउनु भएको छ । उहाँले एमालेले पहिचानको मुद्दामा ढुलमुले  चरित्र प्रकट गरेको र प्रदेश क नामाकरण गर्न तत्परता नदेखाएको बराउनु भयो । 

नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल किराँत राई संघ र नेपाल लिम्बू संघको केन्द्रीय भेलालाई सम्बोधन गर्दै भन्नुभयो, आदिवासी जनजातिले पुर्वमा धेरै रगत बगाएको र क्रान्तिको नेतृत्व गरेकोले अब समाजवाद प्राप्त गर्न लाग्नु पर्छ ।

उहाँले केपी ओलीले संसद विघटनदेखि पार्टी फुटाउने खेल खेलेका कारण पार्टीबाट बिद्रोह गर्नु परेको उल्लेख गर्नु भयो ।  ओलीले कम्युनिस्ट पार्टी सक्ने खेल खेलेको उल्लेख गर्दै भन्नुभयो, ओलीले विवेक नगुमाएको भए यो दिन आउने थिएन । 

केन्द्रीय भेलाले नेपाल किराँत राई संघ र नेपाल लिम्बु संघको केन्द्रीय समिति घोषणा गरिएको थियो । भेलाले किराँत राई संघको अध्यक्षमा केसर चाम्लिङ राई र लिम्बू संघको केन्द्रीय अध्यक्षमा काजीमान पङ्धाकलाई चयन गरेको छ । 

सो भेलालाई पार्टी केन्द्रीय सदस्य शारदा शर्मा घिमिरे, जनजाति महासङ्घका महासचिव चन्द्र तामाङ, पार्टी तेह्रथुम जिल्ला कमिटी अध्यक्ष कृष्ण चोङ्वाङ,  जनजाति महासंघका उप महासचिव बज्र कुमार राई, पार्टी झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले मन्तव्य राख्नु भएको थियो ।