९ महिना पछि माओवादी केन्द्र पदाधिकारीको टुङ्गो: महासचिवमा देव गुरुङ चयन

९ महिना पछि माओवादी केन्द्र पदाधिकारीको टुङ्गो: महासचिवमा देव गुरुङ चयन

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ४, २०७९

 काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिबेशन सकिएको करिब ९ महिना पछि पदाधिकारीको टुङ्गो लगाएको छ  । 

नेकपा माओवादी केन्द्रको मुख्यालयमा बसेको स्थायी समिति बैठकले पदाधिकारीको टुङ्गो लगाएकाे हाे । 

स्थायी समिति बैठक पश्चात प्रवक्ता कृष्णबहादुर महराले  दिएको जानकारी अनुसार अध्यक्षमा  पुष्पकमल दाहाल 'प्रचण्ड'  वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ 
उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देवप्रसाद गुरुङलाई चयन गरेको छ । 

बैठकले  उप महासचिवमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, पम्फा  भुसाल, जनार्दन शर्मा, शक्ति वहादुर  बस्नेत, मात्रिका यादवलाई चयन गरेको छ भने 
सचिवमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य, राम कार्कीलाई चयन गरेको छ । 
कोषाध्यक्षमा  श्रीराम ढकाल ' प्रशान्त'लाई चयन गर्ने निर्णय भएको छ ।

बैठकले  नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति पनि  बनाएको छ ।

 स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदा तयार गर्न नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, विष्णु चौधरी, भीमा ढुंगाना र जगत शिम्खडालाई समितिमा राखिएको पनि उपाध्यक्ष महराले जानकारी दिनु भएको छ ।