अखिल नेपाल महिला संघ रसुवामा अप्सरा रिजाल, नेपाल कृषि मजदुर संगठनमा प्रदीप लामिछाने

अखिल नेपाल महिला संघ रसुवामा अप्सरा रिजाल, नेपाल कृषि मजदुर संगठनमा प्रदीप लामिछाने

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ४, २०७९

रसुवा । नेकपा (एकीकृत समाजवादी) रसुवा जिल्ला कमिटीको पूर्ण बहुमतको बैठक शनिवार भूमि अधिकार मञ्चको भवनमा सम्पन्न भएको छ ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा विशिष्ट अतिथिमा  केन्द्रीय सदस्य साङ्तेम्पा तामाङ, राष्ट्रिय परिषद् सदस्य तथा नेपाल कृषि मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष उत्तर बहादुर खड्का ,बाग्मती प्रदेश सदस्य भरत बगाले राष्ट्रिय परिषद् सदस्यहरू, यादव गजुरेल र गंगा विश्वकर्मा हुनुहुन्थ्यो ।

उक्त बैठकको प्रशिक्षण केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले हाम्रो पार्टीको वर्तमान वस्तुस्थिति र आगामी रणनीतिको बारेमा प्रकाश पार्नु भयो।यस्तै  यादव गजुरेलले पार्टीको कार्यकर्ताको अनुशासन र कमिटी बिस्तार गर्ने अनि र उत्तर बहादुर खड्काले ट्रेड युनियन गठन र नेपालमा कृषि मजदुर संगठनको आजको आवश्यकता र त्यसको महत्त्व बारे प्रकाश पार्नु भएको  थियो ।

 बैठकको सञ्चालन जिल्ला कमिटी सचिव  शिव लामिछानेले गर्नु भएको थियो भने अध्यक्षता  जिल्ला कमिटीको अध्यक्ष विष्णु देवकोटाले गर्नु भएको थियो।

उक्त प्रशिक्षण र जिल्ला कमिटीको मिटिङ पछिको भेलाले  प्रदीप लामिछानेको अध्यक्षतामा  नेपाल कृषि मजदुर संगठन रसुवा जिल्ला कमिटी गठन समेत गरेको छ । कमिटीको  उपाध्यक्षमा निर्मला न्यौपाने, सचिवमा रामहरि न्यौपाने, उपसचिवमा  काजी बहादुर घले,  कोषाध्यक्ष पछि थप्ने गरी, सदस्यहरूमा  कमल बहादुर घले, बुद्धि घले, लकिया तामाङ र  समेमकाजी गुरुङ रहनु भएको छ । 

यसैगरी अप्सरा रिजाल अध्यक्षतामा अखिल नेपाल महिला संघ रसुवा जिल्ला कमिटी समेत गठन गरिएकाे छ । स‌ंघको उपाध्यक्ष सीता कुमारी न्यौपाने ,सचिवमा लक्ष्मी रेग्मी भट्ट, कोषाध्यक्षमा सावित्री ढुङेल, सदस्यहरूमा श्यामा छेकी तामाङ ,चिनीमाया विश्वकर्मा, मिया स्याङमो तामाङ, पासाङ तामाङ र भगवती धमलालाई चयन गरिएको छ । 

 बैठकको सञ्चालन जिल्ला कमिटी सचिव  शिव लामिछानेले गर्नु भएको थियो भने अध्यक्षता  जिल्ला कमिटीको अध्यक्ष विष्णु देवकोटाले गर्नु भएको थियो।