मदन भण्डारी स्कुल अफ एसियाको २१ दिने क्लोज क्याम्प सकियो

मदन भण्डारी स्कुल अफ एसियाको २१ दिने क्लोज क्याम्प सकियो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ६, २०७९

काठमाडौँ । मदन भण्डारी स्कुल अफ एशियाको आयोजनामा ३ हप्ते क्लोज क्याम्प सम्पन्न भएको छ  । २१ दिन सम्म सञ्चालन भएको क्याम्प आइबार सकिएको हो । समापन कार्यक्रममा मदन भण्डारी स्कुल अफ एशियाका अध्यक्ष बलराम बाँस्कोटाले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै धन्यवाद दिनुभयो । 

क्याम्पमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न १६ देशका नेताहरूको सहभागिता रहेको थियो  । क्याम्पमा अर्जेन्टिना, ब्रजिल,युएस,स्पेन, वास्क कन्ट्री, घाना,साउथ एसिया, थाइल्याण्ड, मलेसीया, श्रीलंका, पाकिस्तान , बंगलादेश  प्लालेस्टाईन  र नेपालका ६० जनाको सहभागिता रहेको आयोजक संस्थाका माधव पन्तले बताउनु भयो । 

क्याम्पमा समाजवादी शिक्षण सिकाईको प्रयोग गरिने बताइएको छ ।  क्याम्पमा मार्क्सवाद र लेनिनवादका विविध आयाम ,पछिल्लो अनुभवको बारेमा वर्ग संघर्ष, कम्युनिष्ट घोषणापत्र, पुँजीवाद र साम्राज्यवादका विरुद्ध समाजवादको पक्षसँगका छलफलहरू गर्दै कम्युनिष्ट आचरणलाई जोगाउने कामको सिकाइ हुने स्कुल अफ एसियाका अध्यक्ष बलराम बाँस्कोटाले बताउनु भयो । 

विश्वमा १५ वटा मार्क्सवादी स्कुल मध्ये एशियाकै नेपालमा मात्र मदन भण्डारीको नाममा रहेको मदन भण्डारी स्कुल अफ एसियाले मार्क्सवादको महत्वपूर्ण र गहिरो अध्ययन गर्दै आएको जसमा अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरूको सहभागिता रहेको स्कुल अफ एशियाका कोअर्डिनेटर प्रमेश पोख्रेलले बताउनु भयो । 

प्रशिक्षणमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरू सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ,सम्मानित नेता झलनाथ खनाल ,उपमहासचिव डा. विजय पौडेल ,सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , नारायण काजी श्रेष्ठ लगायत विभिन्न देशका  नेताहरूले सहजिकरण गर्नुभएको थियो । 

तत्कालीन एमाले महासचिव मदन भण्डारीको नाममा विश्वभरका कम्युनिष्ट प्रतिनिधिलाई भेला गराएर उदारवादबारे थप जानकारी गराउने उद्देश्यले मदन भण्डारी स्कुल अफ एशियाको संयोजनमा  कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बाँस्कोटाले बताउनु भयो । 

ग्लोबल स्कुलको रुपमा परिचित उक्त कार्यक्रममा भाग लिन काठमाडौंमा १६ वटा मुलुकका ६० वामपन्थी प्रतिनिधिहरूको सहभागिता थियो ।

समापन कार्यक्रममा तालिममा तयार भएका ७ वटा ग्रुपका  लिडरहरु  वास्क  कन्ट्रीवाट  एन्दोनि, अमेरीकाबाट रामन ,केरलाबाट सिल्पा, ब्राजिलबाट दान्दारा ,मलेशियावाट कृष्टिन र एशिन  र वंगालादेशवाट लिडियाले  आ आफ्नो समूहको तर्फबाट धारणा राख्नुभएको थियो