कंचनपुरस्थित  महेन्द्रनगरमा  डिशहोम  फाइवरनेटको सह–वितरण सो रुमको समुद्धघाटन

कंचनपुरस्थित  महेन्द्रनगरमा  डिशहोम  फाइवरनेटको सह–वितरण सो रुमको समुद्धघाटन

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ६, २०७९

नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले महेन्द्रनगर कंचनपुरमा पनि सह–वितरण सो रुमको सुभारम्भ गरेको छ ।

सो रुम समुद्घाटन, डिशहोमका तर्फवाट रिजनल सेल्स म्यानेजर जे बि गुरुङ, एरियासेल्स  म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्‍याउँदै आएको  न्यू केदार  इन्टरप्राईजले अब डिशहोम फाइवरनेट बिक्री र विक्री पछिको सेवा नया सो रुम मार्फत दिनेछ। 

श्रावन २६ गते देखी डिशहोम फाइवरनेट विक्री तथा विक्री पछिको सेवा प्रदान गर्न सुरु गरिएको छ ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम  फाइवरनेटको सेवा उपलब्ध गराइसकेको न्यू केदार  ईन्टरप्राईजले अव अझ बढी ग्राहकहरुको माझ पुग्नको लागी पनि यस नया सो रुमले मद्दत गर्ने न्यू केदार  इन्टरप्राईजका संचालक गोकुल देव जोशीले जानकारी दिनुभयो ।