बलात्कारको मुद्दामा ९ वर्ष ६ महिना कैद

बलात्कारको मुद्दामा ९ वर्ष ६ महिना कैद

लोकसंवाद संवाददाता  |  अपराध  |  जेठ १३, २०७६

मकवानपुर । १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालतले ९ वर्ष ६ महिना कैद गर्ने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । दोषीबाट पीडितलाई ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि गरेको अदालत स्रोतले जनाएको छ ।

प्रविणमाथि गत भदौ ११ गते बालिकालाई बलात्कार गरेको आरोप लगाइएको खबर राससमा छ ।