सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि

सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ७, २०७९

काठमाडौं ।  सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो । 

२०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमि हो । आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार भएको थियो । 

तर, मंगलबार कारोबार रकममा ओरालो लागेको सेयर बजारमा  ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छ । 

१८६ कम्पनीको सेयर कारोबार हुँदा १०४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।