पत्रकारलाई पत्र र प्रश्न : सञ्चार माध्यहरू भारतीय लाली पपद्वारा पुर्न जीवित तथा संचालित त छैनन् ?

पत्रकारलाई पत्र र प्रश्न : सञ्चार माध्यहरू भारतीय लाली पपद्वारा पुर्न जीवित तथा संचालित त छैनन् ?

ऋतु आशिक  |  दृष्टिकोण  |  भदौ ७, २०७९

आदरणीय
प्रिय पत्रकार मित्रहरू, 

 पत्रकारहरू जो सुकै जहाँ भए पनि राज्यले चौथो अंगको दर्जा दिएको छ । हामीहरूको स्थितिभन्दा देशको स्थिति ज्यादै संगीन स्थिति छ । यो समयमा आफ्नो कुरा भन्दा पनि आउनुस् देशको कुरा गरौं । देश डुब्न लागि रहेको छ । डुब्नबाट कसरी यसलाई बचाउने त्यसतर्फ सबै गोलबन्द हौं । मुलुकको स्थिति यसबेला प्यालेष्टाइन मुलुकको अस्तित्व, सिक्किमको विलय, फिजीमा, श्रीलंकामा भएका घटनाहरू पुनरावृत्ति भएका अवस्था छ ।

यस अवस्थामा हाम्रो मुलुकप्रति निर्वाह गर्ने दायित्वबाट बेखबर अवस्थामा छौं । मुलुक यसबेला यस्तो अजङ्गको दलदलमा ढकेलिन गइरहेका छौं कि जुन दलदलबाट सिक्किम, प्यालेष्टाइन फर्किन सकेनन् । सिक्किम भारतको २२ औं राज्यमा दर्जिन पुगेको छ । प्यालेष्टाइन इजरायलमा परिवर्तित भइसकेको छ । इजरायलमा परिणत हुनु अघि आजसम्म ती प्यालेष्टाइन जनताले भोगेको पीडा आदिको पुनरावृत्ति हामीले भोग्नु पर्ने स्थितिबाट हामी गुज्रिरहेका छौं । यो आजको तीतो सत्य हो । 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शासनकालमा ४० लाख भारतीयहरु नेपाली नागरिकता पाएका कारण, भारतीय शासनसत्ता यसबेला तीनै ४० लाख भारतीयहरूले उकासेर मधेश देशको निर्माणमा उद्दत छ । हामीले संविधानसभामा ९४प्रतिशत  आम जनताको मतद्वारा संविधानको निर्माण भएको थियो । छिमेकी भारत त्यसमा विभिन्न बाहाना बखेडा खोजेर नाकावन्दी जस्तो घृणित कार्यको अगुवाइ गरेको कुरा सर्वविदितै छ । यस किसिमबाट ती ४० लाख अंग नपुगेका नागरिकताको खारेजी बीना देश सवल सक्षम हुन्छ भन्ने कुरा सोच्न सकिन्न । यसै हतकण्डाद्वारा विभिन्न किसिमका बखेडा झिक्न भारत उद्दत भएको कुरा विर्सन हुँदैन । 

छिमेकी भारतले हामीप्रति आफ्नो स्वार्थ अनुकूलता लाद्नका लागि पटक–पटक नाकावन्दी लगाएको छ । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूद्वारा २०१९ वैशाखदेखि असोजसम्म लगाएको थियो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा २०२७ पौषदेखि २०२८ भाद्रसम्म लगाइएको थियो । तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले २०४५ चैत्रदेखि २०४७ असारसम्म लगाएको थियो । हाल प्रधानमन्त्री नरेन्द्र मोदीको यो फेहरिस्त हामीसँग छ । हामी माथि युद्धको भन्दा डरलाग्दो स्थितिको चित्रण गरेका थिए । 

पत्रकार देवप्रकाश त्रिपाठीले २०७५ कार्तिक २८ को बुधबारमा लेखेका थिए, '... देश मेट्नु भनेको सिमाना मेट्नु मात्र होइन । मन–मनबाट देश मेटिए पछि सिमाना मेट्न कुनै ठूलो बल लगाइ रहनु पर्दैन । मनमा देश बाँच्यौ भने सिमाना सुनिश्चित नभए पनि देश बाँची रहन्छ भन्ने दृष्टान्त प्यालेस्टाइनीहरूले स्थापित गरिसकेका छन् ।'

 नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस पार्टी, तथा अन्य पार्टीहरू नै किन नहुन् ती सबै पार्टीमा लेण्डुपेहरू र विभीषणको फौजका फौज भर्ती भएका छन् । मुलुकमा नाकावन्दी हुँदा पनि संयुक्त राष्ट्रसंघमा समेत नेपालको प्रतिनिधित्व गर्दै भारतले नाकावन्दी गरेको छैन जस्ता घृणित शब्द ओकल्नेलाई राष्ट्रले अभिषेक गरिरहनु पर्ने हो र ? 

नेपाल एउटा प्राचीन देश हो । यस जन्मको हाराहारीमा संसारमा १० वटा मात्र सुसंस्कृत देश थियो । लिच्छवी कालीन अंशुवर्माको समयमा हाम्रो सांस्कृतिक हाम्रो परम्परा थियो । त्यस समयमा अमेरिका र भारतले समेत देशको आकार ग्रहण गरिसकेका थिएनन् । 

दक्षिणमा रहेको छिमेकी देश भारत । एउटा सार्वभौम राष्ट्रद्वारा जारी गरिएको ९४ प्रतिशत भन्दा बढी नेपाली जनताले अनुमोदन गरेको संविधानमा समेत लफडा  निकाली   रहेको छ । संशोधनको माग खोज्छ । यो भन्दा घृणित छिमेकी संसारमा कतै पाइदैन । संसारमा कतै पनि यस्तो छिमेकी पनि छैन जुन देश एक अर्कोमा पासपोर्ट लागु नगरिएको होस् । हाम्रो छिमेकी देश भुटानमा पनि भारत र भुटानमा समेत   (पासपोर्ट) सिस्टम छ । 

हामी नेपालीहरूको पहिलो दायित्व के हो भने राष्ट्रलाई अनन्तकालसम्म अविच्छिन्न राख्नु तथा हामीले आफ्ना पुस्तालाई सिङ्गो नेपाल स्वतन्त्र राष्ट्र नेपालको सुपुर्दगी गर्नु हाम्रो नैतिक दायित्व हो । तत्कालीन गिरिजाप्रसाद कोइरालाका शासनकालमा बाँडिएका अंग नपुगेका नागरिकताको छानविन मुलुक भरका प्रत्येक गाउँ/नगरपालिकाका वार्ड/वार्डमा गरिनुपर्छ । शंकास्पद तथा जसले यस देशद्रोही कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ । 

आदरणीय पत्रकार मित्रहरू

 अनादि कालदेखि स्वतन्त्र र अविच्छिन्न रहेको यो मुलुक, हाम्रो भेष, हाम्रो भाषा, यसका आफ्नै सांस्कृति धरोहरको भण्डार छ । हामीसँग ज्ञानी, तपस्वी ऋषीमुनीहरूको साथै देशभक्त नेपालीको बलिदानले यो भूमिमा अट् लता यो सार्वभौम सम्पन्नता, बुद्धको भूमिको रुपमा पनि दर्जा पाएको छ । 

हाम्रो मुलुकमा भयाभह स्थितिको सिर्जना गर्ने भारतीय निर्देशित आततायीहरूका विरुद्धमा सरकारमा रहेका देश घाती भ्रष्टहरूका विरुद्धमा देशभरि नै यसलाई निर्वाह गरिनुपर्छ । देश बचाउ अभियानमा हामी पत्रकारहरूले यसलाई अगुवाइ गर्दै, स्वतन्त्र र अविच्छिन्न देशको निर्माणका लागि नेपाल र भारत बीच पासपोर्ट सिस्टम लागु गर्न कदाचित् ढिलो गरिनु हुन्न । देश बाँचे हामी बाँच्छौ देश नै नबाँचे हामी कहाँ बाँच्छौ । यो अठोट देशभक्त नेपालीहरूका घरघरमा पुर्‍याऔँ । यो अहम् जिम्मेवारी हामी पत्रकारहरूको काँधमा आएको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु । 

हाम्रो मुलुकको तटस्थता

 जवारहलालद्वारा पहिलो पटक गरिएको २०१९ बाट नेपाल प्रतिको नाकावन्दी ती पुनरावृत्ति भएर मोदीसम्म आइपुग्दा ४।४ पटक भइसक्दा पनि छिमेकीद्वारा गरिएको हस्तक्षेप प्रति नजरअन्दाज गरिरहेका छौँ ।  त्यसको विकल्पको रुपमा हामीले आफूलाई तयार किन गरेनौं ? हाम्रो मुलुक स्वाधीन एवम् सार्वभौम राष्ट्र हो । दुवै छिमेकी प्रति उत्तिकै सम दूरीमा राख्दै हाम्रो मुलुकलाई समृद्धि र विकासको पंक्तिमा उभ्याउनु पर्छ । हुँदा–हुँदा यहाँसम्म आइसकेको छ ।

छिमेकी मुलुक चीनले हाम्रो समृद्धिका लागि, आत्मनिर्भरताका लागि खोलिएका कलकारखाना कौडीको मूल्यमा विक्री गरेर, हाम्रो आत्मनिर्भर तर्फ अग्र सरित मुलुकलाई पिछाडि धकेल्नेका नाममा हाम्रै मुलुकका नेता र उच्च पदस्थ कर्मचारीको साँठगाँठ ती कलकारखानालाई कवाडीको रुपमा बेचेका र छिमेकी कै इसारामा ती भएका कुरा जग जाहेर नै छन् । यो देशभक्त नेपाली जनताबाट लुकेको छैन । 

समय आएको छ । देशप्रति घात प्रतिघात गर्ने देशद्रोही पत्रकारहरू देश र जनताप्रति एकताका स्वरहरू उराल्नुको बदला देशलाई नै हैकम शासन तथा राष्ट्रलाई कमजोर बनाउने शब्दहरू पस्किने पत्रकारहरूलाई जहाँ भेटे पनि नङ्ग्याउँदै उसले भोगेका जीवनको शान सौगातको रहस्य सोध्न नबिर्सनुहोस् । उसलाई हामीले देशद्रोही पत्रकार प्रारुपमा हाम्रा व्यवहारहरू परिलक्षित हुनुपर्छ ।

मुलुकको तटस्थता का  सवालमा पञ्चायती व्यवस्थामा समेत राष्ट्रियता पक्ष सवल रुपमा रहेको थियो । त्यसबेला आजको जस्तो दक्षिण तिरबाट सिमाना मिचिने कार्य कम थियो । । सिमाना मिचिने कार्य झन्–झन् निरन्तरता पूर्वक हुँदै आएका छन् । नेपाली शहीद भएका छन् । दक्षिणतर्फको हेपाइ प्रवृति झन् झन् बढी रहेको छ । मुलुकको स्थिरताको लागि नेपाल र भारत बीच भएको १९५० को सन्धीलाई युद्धस्तरमा पुर्न मूल्याङ्कन गर्दै, दुई देश बीच ऐतिहासिक मित्रतालाई निरन्तरता दिनका लागि एक आपस बीच तिक्तता बीच पनि मित्रतामा मधुर घुलनका लागि हामी आफै पनि सचेत हुनुपर्छ नै । ती सचेत मात्र भएर हुँदैन व्यवहारिक रुपमा त्यसलाई प्रयोगको निरन्तरता दिनुपर्छ । 

मुलुकभरका दक्षिणी सिमानाका विभिन्न ठाउँमा भारतीय हस्तक्षेप सीमा अतिक्रमण तीब्र रुपमा बढीरहेको छ । यस किसिमको अतिक्रमणलाई राष्ट्रिय हितको लागि अनिवार्य शर्त हो भन्ने कुरा पनि विर्सन हुँदैन । छिमेकीले पनि हाम्रो राष्ट्रियता, हाम्रो पहिचान, हाम्रो स प्रभुसत्ता प्रति पनि श्रद्धा र समान व्यवहारिक रुपमा चाहन्छौं । हामी बीच भएका कमी कमजोरीलाई आपस्त आमने–सामने बसेर त्यसलाई निमिट्यान्न पार्न सक्छौं । हाम्रो आफ्नो बाध्यता र सीमालाई मध्येनजर राख्दै हाम्रो अस्तित्वको लागि हामी आफै दृढता लिनुपर्छ ।  

देश प्रतिको निष्ठा

 'जननी जन्मभूमिश्चय स्वर्गादपी गरियासी'  राष्ट्र प्रतिको हाम्रो समर्पित अविच्छिन्न रुपमा चलिरहेको छ । हामीलाई अघिल्लो पुस्ताले के सिकाउँदै आएको छ भने राष्ट्रप्रति घात गर्नु हुँदैन । राष्ट्रलाई आफूको आवश्यकता छ भनेर भन्छ भने राष्ट्रको लागि आफू समर्पित को प्रतिबद्धता जनाउनु अनिवार्य शर्त हो । यो मुलुकमा जन्मिएका अघिल्लो पुस्ताहरूले भन्दै आएका छन् हामीले जन्मिएको भूमि आफैंमा पवित्रताका साथै ऋषिमुनीहरूले तप गरेको तपोभूमि पनि हो । 

मानव अधिकारवादी कृष्ण पहाडीको शब्दमा ' नेपालको वामपन्थी सरकारले मोदीलाई कहिले तीर्थयात्रीको रुपमा बोलाउँछ कहिले जन्तीको रुपमा । मंसिरमा जनकपुरमा हुने राम सीता विवाह उत्सवमा मोदीकै प्रतिनिधि झैं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ कमण्डलु सहित जस्तो भएर आउने खवर सार्वजनिक भएको छ । अयोध्यामा बारुद आदित्य नाथ जस्तै भएर नेपाल आउन लागेका हुन् वा मलामी ओसार्न वा पूर्व राजा ज्ञानेन्द्रलाई बेहुला बनाउन ? ओली सरकारलाई चिन्ता छैन ।' होस् पनि किन ? महामहिम ओली जसले गणतन्त्र र त्यसका अभियन्ताहरूलाई जनआन्दोलनको महत्वपूर्ण कालखण्डमा सत्तो सराप गरेका थिए ।'   अन्नपूर्ण मंसिर २०७५

कुनैबेला मदन भण्डारीले तत्कालीन विद्मान रहेको राजतन्त्रलाई उखेलेर फ्याँक्ने कुरामा माधव नेपालले राजतन्त्र फ्याक्ने सवालमा भारतीय संस्थापन पक्षको सहयोगको पूर्ण ग्यारेन्टी गर्दै गरेको अभिव्यक्ति प्रति सतर्कता देखाउँदै राष्ट्रप्रति  त्यस्ता हतकण्डाले देशप्रति घात हुने सङ्केत दोहोर्‍याएका थिए । यस किसिमबाट मदन भण्डारीमा देश प्रतिको निष्ठाको प्रस्तुति नेपाल कम्युनिष्ट पार्टीका जिम्मेवार नेताहरूमा यस्तो किसिमबाट पाउन नसकेको यथार्थता पनि हो ।

भारतीय नाकाबन्दीको तिब्र विरोध गर्ने, आफू देशभक्तिले छताछुल्ल भएको अभिव्यक्ति दिने नै विभिन्न शंकाको घेरामा तानिएका छन् । नाकाबन्दीमा देखाएको देश प्रतिको निष्ठा ले नै गर्दा ओली यो दौडका एक्लै विजेता हुन् । देश र जनता प्रतिको जिम्मेवारीको बोध आमनेपाली जनतामा यी छलाङ आँधीबेहरी आउन किन ढिला भएको छ ? 

दिल्ली हस्तक्षेपका श्रृंखला र  नेपाली सञ्चार क्षेत्रको मौनता

नेपाली विभिन्न ब्राण्डका नेताहरूको भारत भ्रमण भएको कुरा भारतीय विदेशमन्त्री सुषमा स्वराज भारतीय संसदमा कुरा राख्दै थिइन् । ती सबै सँगको भेटमा संविधान अहिले बनी नसकेको कुरा सबैले अभिव्यक्ति भएको थियो । 'संविधान अभी नही बन पा रही है एक दिन अचानक विना वहस संविधान पारित हो गया ।'

भारतीय विदेशमन्त्री सुषमा स्वराजको एउटा छिमेकी देश नेपालको सार्वभौम स्वतन्त्रताप्रति अनास्था र हस्तक्षेप गर्दै अभिव्यक्त दिनुका पछाडि नेपाल स्वतन्त्र देश नभएको ठम्याइ साथै नेपालप्रतिको  गिद्दे दृष्टि भारतीय सरकारको रणनीति रहेको स्पष्ट छ । नेपालले आफ्नो ९४ प्रतिशतद्वारा बनाएको संविधान हाम्रो आफ्नो नीजि मामला हो । हामीले आफ्नो संविधान बनाउनका लागि छिमेकी देश भारत र चीनसँग गुहार माग्नुपर्ने, कतै कुनै उल्लेख छैन । हाम्रो संविधान प्रति असम्मान गर्ने देशप्रति हाम्रो रुख स्पष्ट हुनुपर्छ ।

भारतसँग लम्पसार पर्नेका कारण भारतीय सरकार नेपालका नेताहरूलाई स्वामी भक्त हुनुको पाठ सिकाइ रहेका छन् । भारतीय संसदमा समेत हामीले बनाएको संविधान प्रति आपत्तिजनक वहस विदेशमन्त्री सुषमा स्वराज ल उठाएकी थिइन । हाम्रो मुलुकको स्वतन्त्रता सार्वभौमसत्ता प्रति नै अपमान गरेको हो । त्यसका लागि हामी आफ्नै संसदबाट जवाफ किन दिँदैनौं ? किन भन्दैनौ संयुक्त राष्ट्रसंघमा तिम्रो देश भारत र नेपालको हैसियत एउटै हो । छिमेकी देशको एक अर्का प्रति सम्मान गर्ने व्यवहार सिक भनेर किन भन्दैनौ ? भारतीय सरकारद्वारा नेपालप्रति यस किसिमको हेपाहा प्रवृत्ति थिच्ने मिच्ने घृणित व्यवहारको लागि विदेशमन्त्रीका यस किसिमका हेपाहा प्रवृति प्रति सञ्चार माध्यमहरू किन खुलस्त विरोध गर्दैनन् ? हाम्रा सञ्चारका साधनहरू नेपालप्रति सोझिएका यस्ता किसिमका अभिव्यक्ति प्रति किन विरोधका स्वरहरू उराल्दैनन्। कतै हाम्रा सञ्चार माध्यहरू भारतीय सरकारका लाली पपद्वारा पुर्न जीवित तथा संचालित त छैनन् ? शंका लाग्न थालेको छ । 

यो मुलुकलाई कमजोर बनाउन सबै क्षेत्रमा भारतीय शासनको दादा गिरीको क्षेत्राधिकार बढाएको कुरा घाम जस्तै छ । नेपालका विभिन्न ब्राण्डका पाटीहरूमा भारतीय मिशन ‘र’ को पहुँच पुगेको सत्यताका उजागर पनि आएका छन् । नारायणमान विजुक्छेले आज भन्दा वर्षौ अगाडि भनेका थिए– नेपालका विभिन्न क्षेत्रमा दोहोरा तलब खाएर भारतीय शासन सत्ताको हुँदो काम गर्नेको हुल नै छ । नेपालको जागीर खाने नेपाली देखियता पनि ती भारतीय सरकारबाट संरक्षित तथा पुरस्कृत भएका छन् । हाम्रा साना–साना देशीय नीति तथा राष्ट्रका सम्वेदनशील सूचनाहरू लैनचौरमा पुग्ने गरेको छ । नेपालका बुद्धिजीवी तथा नेताहरू पनि त्यतैको खटन पटनमा निर्देशित छन् । त्यतैको स्वामी भक्तको लम्पसार परेर आफूलाई चुर्लुम्म डुबाएका छन् । 

पंचायत व्यवस्था निश्चय नै आम नेपाली जनताको लागि निष्कृण्ठ व्यवस्था थियो । त्यो निष्कुण्ठ व्यवस्था भित्र नेपाल स्वतन्त्रता सार्वभौमसत्ता सम्पन्न भएर बाँचेको थियो । तत्कालीन राजा महेन्द्र हुन् राजा वीरेन्द्र हुन् राष्ट्रियताको उचाई धेरै बढेको थियो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ सम्मेलनमा भाग लिन जान्छन् । कोष्टारिका देशले सम्मान गर्ने बाहानामा करोडौं खर्च गरेर फर्किन्छन् । राष्ट्रपति विधा भण्डारी आफूसँग रहेको थुप्रै साधन हुँदाहुँदै पनि १८ करोडको गाडीको तामझामका आफ्ना आसेपासेहरूको र्‍याल चुहाइ मा  समर्थन गर्छिन् ।

आदरणीय पत्रकार मित्रहरू, 

हाम्रो मुलुक यसबेला यस्तो अनन्त गहिरो भड्खारोको डिल मै उभिएको छ । कुनै पनि दुर्घटना पर्ने सम्भावना बोकेर उभिएको छ । त्यति मात्र होइन देश नै नरहने हो कि भन्ने औडाहाले देशभक्त नेपालीलाई पिरोल्न थालेको छ । छिमेकी भारतीय शासनको हदै हस्तक्षेपका कारण हाम्रो मुलुकको विभिन्न ब्राण्डका पार्टीहरूमा देखिएको देश प्रतिको मौनता, देश प्रतिको घात गर्ने त्यसलाई पुल् पुलाउनेहरूको मण्डली झन्–झन् संदिग्ध देखिएको छ । यो मुलुकको लागि बोल्ने विभिन्न ब्राण्डका नेताहरू नै किन नहुन् यसबेला ती भारतीय शासनाधिकार प्रति आफ्नो तावेदारी जनाएका छन् । 

मुलुक भित्र मडारिरहेको वेथिति, भ्रष्टाचार काण्डका चाङहरू सडक, ठेक्का काण्डमा देखिएका बेथितिहरू निकै कहाली लाग्दा छन् । जुनसुकै क्षेत्र पनि बेथितिको रुपमा झन्–झन् डङ्गुर झैं थुप्रिरहेको छ । मुलुक अर्कोतिर असफल राष्ट्र वनाएर त्यस असफल राष्ट्रको बाहानामा आफ्नो भूमिका खोजी रहेको गतिविधिबाट देख्न सकिन्छ । 

यो मुलुक हामी नेपालीको हो । हाम्रो मुलुकको स्वतन्त्रता माथि घात प्रतिघात गर्ने चाहे त्यो विदेशी होस् चाहे त्यो स्वदेशी नै किन नहोस् हाम्रा लेखनका कलम त्यतातिर सोझिनु पर्छ । मुलुकका जुनसुकै क्षेत्रमा भएका वेथिति बारे हाम्रो लेखन चुप लागेर बस्नु हुँदैन । देशप्रति हाम्रा कर्तव्य बोध तथा हाम्रा लेखन देश विरोध गतिविधि गर्ने जो सुकैलाई पनि दण्डको घेरामा ल्याउनु पर्छ । देशप्रति घात गर्नेहरूलाई हामीद्वारा लेखिने कलमले छुट दिनु हुँदैन । 

विशेषत यसबेला मुलुकलाई आक्रान्त बनाएको ४० लाख भारतीहरूलाई नागरिकता प्रमाणपत्र धारी बनाइएको छ । ती के कस्ता स्थितिमा छन् ? तिनीहरू नागरिकता पुर्न मूल्याङ्कन गरिनु पर्ने तथा नक्कली धारी नागरिकतालाई खारेजी गरिने वातावरणको तयारीका लागि आफ्नो आफ्नो क्षेत्रबाट लागि रह्यो । समय घर्केपछि प्यालेष्टाइनहरूले ढिलो गरेर आफूले भोग्नु परेको स्थिति, अर्को सिक्किमको विलय प्रवृति, फिजी भन्ने देशमा भारतीय सत्ताशीनको दादा गिरीलाई पनि विर्सन हुँदैन । यी सबै ठक्करबाट आफूलाई सुरक्षित बनाउनका लागि देश नै सुरक्षित बनाउनु हाम्रो दायित्व हो । 

अन्तमा घनश्याम भुसाल नेकपाको स्थायी समितिको सदस्यले संयोजन गरेका यी अभिव्यक्ति पस्किनु सान्दर्भिक सम्झेको छु । 

मार्क्सले दर्शनशास्त्रमा गरेको एउटा महान् योगदान के हो भने उनले इतिहास कस्तो छ भविष्य जसको हुन्छ भन्ने प्रश्नको अकाट्य र असाध्य सजिलो उत्तर दिए– 'मान्छेले जस्तो बनाए इतिहास त्यस्तै बन्यो, मान्छेले जस्तो बनाउँछन् भविष्य त्यस्तै बन्छ । नेकपा नार्सिसको बाटो हिँड्ला कि फिनिक्सको बाटो भनेर सोधिएको भए मार्क्सले  निः सन्देह भन्ने थिए– यो प्रश्न तिनीहरूलाई नै सोध उनीहरू कुन बाटो हिँड्न चाहन्छन् ।'

यसबेला विशेषत महाकाली माथि भारतीय हस्तक्षेप हुँदै गर्दा विभिन्न पार्टीका विशेषतः नेपाली काँग्रेस, नेकपा एमालेका तर्फबाट मुलुकको राष्ट्रिय स्वाधीनता माथि सिङ्गो हमला भइरहँदा तत्कालीन नेकपा एमालेको तर्फबाट के.पी. ओलीद्वारा महाकाली सन्धिबाट बर्सेनी १ अरब २० करोड आम्दानी हुन्छ भनेको कुरा ती मिथ्यामा प्रमाणित हुँदैछ ।

महाकाली सन्धिपछि एमसीसीमा अमेरिकाद्वारा गरिएका नाङ्गो हस्तक्षेप प्रति मुलुकमा रहेको विभिन्न पार्टीहरूको मौनतामा पार्टीधीशहरूको स्वार्थ माथि मलजल गरेर ने ती ढाकछोप गरियो । ती ढाकछोपको परिदृश्यमा नेपालका ७७ जिल्लाका पत्रकार संघका तर्फबाट तथा नेपाल पत्रकार महासंघ समेतको मौनता रह्यो । नेपाल पत्रकार महासंघ जस्तो सिधै देश र जनताप्रति उसले निर्वाह गर्नुपर्ने कर्तव्य र दायित्वबाट पन्छिनुको अर्थ आफ्नो स्वार्थ प्रति मलजल गर्नु हो र देशप्रति तथा आउँदो हाम्रो भविष्यका जिम्मेवार नागरिकप्रति गद्दारी गर्नु हो । यस किसिमका नेपाल पत्रकार महासंघ र यसका आवद्ध शाखा पत्रकार संघबाट के आशा गर्नु ? 

समय आएको छ । देशप्रति घात प्रतिघात गर्ने देशद्रोही पत्रकारहरू देश र जनताप्रति एकताका स्वरहरू उराल्नुको बदला देशलाई नै हैकम शासन तथा राष्ट्रलाई कमजोर बनाउने शब्दहरू पस्किने पत्रकारहरूलाई जहाँ भेटे पनि नङ्ग्याउँदै उसले भोगेका जीवनको शान सौगातको रहस्य सोध्न नबिर्सनुहोस् । उसलाई हामीले देशद्रोही पत्रकार प्रारुपमा हाम्रा व्यवहारहरू परिलक्षित हुनुपर्छ ।

पत्रकार भनेको देशको रक्षक पनि हो । पत्रकार भनेको बर्दी विनाको प्रहरी पनि हो । हामीले गर्ने गरेको पत्रकारिताले देश र जनता तथा विश्वमा शोषित पीडित जनताको न्यायपूर्ण आन्दोलन प्रति हामी ऐक्यवद्धता पनि जनाइरहेको अमेरिका जस्तो शक्तिशाली राष्ट्रले आफ्नो स्वार्थको लागि हामी जस्तो सानो राष्ट्र माथि उसको हैकम परिचालनका लागि हामी नेपालीलाई प्रयोग गर्ने हाम्रो भूमिमाथि हैकम यी सबै स्वतन्त्र राष्ट्रका लागि सुहाउने कुरा होइन । स्वतन्त्र राष्ट्रका गुलाम व्यक्तिहरूको आडमा हाम्रो भूमि माथिबाट शत्रु साध्ने कुरा किमार्थ होइन । हामी हाम्रो भूमि छिमेकीप्रति घात गर्नका लागि प्रयोग धर्मी थलो होइन । हामी यस किसिमका घृणित कार्यलाई मनैदेखि घृणा गर्छौ । 

हामी पत्रकारहरू माझबाट नै यसबेला देशलाई हराउने अर्थात् देशको स्थिति नामेट गर्न लागि परेका पार्टीहरू नै देखिएका छन् । ती पार्टीका थप थपाइमा व्यक्तिगत स्वार्थका लागि राष्ट्र प्रति घात प्रतिघातका शब्दहरू पत्रकारकै कलमबाट प्रवाहित भइरहेछ । देश प्रति व्यक्तिगत स्वार्थका कारण देशलाई घात गरिरहेका पत्रकारहरू कलङ्कित भइरहेका छन् । देशप्रति आफूलाई समर्पित पत्रकार र देशप्रति घात प्रतिघात गर्ने बीचको जीवन मरणको युद्ध चलिरहेको छ । राष्ट्रलाई उठाउन राष्ट्रलाई समृद्धितर्फ उन्मुख को तयारीमा आफूलाई समर्पित गर्दै राष्ट्रलाई एक ढिक्का पार्न आफ्नो–आफ्नो ठाउँबाट उठौँ ।   

 ritu524646@gmail.com