समाजवादी प्रेस संगठन स्थापना दिवस : अध्यक्ष श्रेष्ठद्वारा शुभकामना व्यक्त (विज्ञप्तिसहित)

समाजवादी प्रेस संगठन स्थापना दिवस : अध्यक्ष श्रेष्ठद्वारा शुभकामना व्यक्त (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ९, २०७९

समाजवादी प्रेस संगठन नेपालका  अध्यक्ष शम्भु श्रेष्ठले एक  प्रेस विज्ञप्ति प्रकाशित गरी  भदौ १० गते स्थापना दिवसको उपलक्ष्यमा सबै श्रमजीवी पत्रकार साथीहरुलाई  हार्दिक शुभकामना दिनु भएको छ । 

अध्यक्ष शम्भु श्रेष्ठ कुनै पनि संगठनको जन्म हुनुको पछाडि त्यसको उद्देश्य, लक्ष्य, सिद्धान्त  र विचार स्पष्ट हुनु पर्छ भन्दै   समाजवादी प्रेस संगठनको जन्म प्रतिगामी कदमको विरुद्ध भएको हो उल्लेख गर्नु भएकाे छ  । 

 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ पुस ५ गते दुईतिहाइको प्रतिनिधिसभा भंग गरेर प्रतिगामी कदम चालेपछि त्यसविरुद्ध आन्दोलनरत प्रगतिशील श्रमजीवी पत्रकारहरु समाजवादी प्रेस संगठन नेपालमा आवद्ध भएका र पुस ५ को त्यो कदम असंवैधानिक मात्र थिएन, वर्तमान संविधान र त्यसको भावनामाथि कुल्चिएर संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था समाप्त पार्ने  उद्देश्य पूरा गर्न ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरे । ओलीको प्रतिगमन विरुद्ध पाँच दलले आन्दोलन मात्र गरेनन्, सिंगो सञ्चार जगत् पनि आन्दोलनमा उत्रियो । सञ्चारमाध्यमहरुले प्रतिगमनका विरुद्ध ठूलो जनमत निर्माण गर्ने काम गरे । जसका कारण प्रतिगामी तत्व पराजित भएको कुरा जारी विज्ञप्तिमा उल्लेख छ । 

स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष शम्भु श्रेष्ठ जारी गर्नु भएको प्रेस विज्ञप्ति