नेकपा एकीकृत समाजवादीको पुनर्गठन दिवस सप्तरीमा

नेकपा एकीकृत समाजवादीको पुनर्गठन दिवस सप्तरीमा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १०, २०७९

सप्तरी ।देशब्यापी नेकपा एकीकृत समाजवादीको पुनर्गठन दिवस समारोह अहिले चलिरहेको छ । काठमाडौंको अर्पण ब्याङ्क्वेट लगायत ७७ जिल्लामा पुनर्गठन दिवस मनाइरहद सप्तरीमा पनि भव्यताका साथ मनाइएको छ ।

पार्टीकाे स्थापना दिवसका अवसरमा जिल्ला पार्टी ,कार्यालय सप्तरीमा नेपाल बुद्धिजीवी परिषदले विचार गाेष्ठी आयोजना गरेको थियोे । साे गाेष्ठीकाे प्रमुख अतिथि स्थायी कमिटी का सदस्य रामपृत पासवान , विशिष्ट अतिथि सप्तरीका पार्टी अध्यक्ष प्रताप नारायण चौधरी , नेबुपरिषद केन्द्रीय सचिवालय सदस्य नथुनि दास, डा सुशील कर्ण , सुरेन्द्र प्र गुप्ता , बुलबुल चौधरी , मन्जु श्रेष्ठ , ममता चौधरी अनार चौधरी , मनाेज देव, महेन्द्र देव , किरण मिश्र लगायतकाे सहभागिता थियाे ।

त्यसै गरि जिल्लाकै सुरुङ्गा नगरपालिकामा पार्टी पुनर्गठ दिवस कार्यक्रम तथा बिचार गोष्ठी आयोजना सुरुङ्गा नगरपालिका नगर पार्टी कार्यालय उद्‍घाटन गरिएको थियो । कार्यक्रम सुरुङ्गा नगर अध्यक्ष कामरेड देवेन्द्र चौधरी अध्यक्षतामा तथा नेकपा (एकीकृत समाजवदी) पार्टीका केन्द्रीय सदस्य सप्तरी जिल्ला इन्चार्ज प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपाने को प्रमुख आतिथ्य अतिथिगण,क्षेत्रीय ईन्चार्ज राजेन्द्र प्रसाद साह, सुरुङ्गा नगर सह इन्चार्ज खेमराज सिंह,जिल्ला कमिटी सदस्यहरू , बिभिन्न जनवर्गीय सङ्गठन पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ !

साेहि अवसरमा जिल्ला पार्टी कार्यालय र दशन चाेेकमा नेपाल बुद्धिजीवी परिषद सप्तरीको अध्यक्ष अनिलकुमार अनलको अगुवाइमा दीप प्रज्वलन गरिएको छ । भने सप्तरी क्षेत्र नम्बर १को पार्टी कार्यालयमा पार्टी केन्द्रिय सदस्य एवम् अनेम संघ केन्द्रिय उपाध्यक्ष उषा पोखरेल को अगुवाइमा प्रदेश सदस्य दीप नारायण चौधरी ,मो इस्लाम क्षेत्रीय संयोजक बिष्णु देव चौधरी लगायत जिल्ला कमिटी सदस्यहरुले दीप प्रज्वल्न गरि पार्टी पुनर्गठन दिवस मनाएका हुन ।

नेकपा एमालेबाट अलग्गिएर बनेको एकीकृत समाजवादीले अघिल्लो वर्ष आजकै दिन निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो ।

दल दर्ता प्रमाणपत्र प्राप्त गरेको ९ भदौलाई उसले पार्टी पुनर्गठनको दिवसको रूपमा मनाइरहेको हो ।