अशोक मुकारूङ साङ्गीतिक साँझको तयारी हुँदै

अशोक मुकारूङ साङ्गीतिक साँझको तयारी हुँदै

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ १३, २०७६

काठमाडौ । युवा गायक अशोक मुकारूङ ‘एकल साङ्गीतिक साँझ’को  आयोजना हुने भएको छ । 

पार्क पुस्तकालय अभियानका लागि अक्षयकोष निर्माणको सहयोगार्थ उर्वरा फाउन्डेशनको आयोजनामा कार्यक्रम २०७६ जेठ २४ गते काठमाडौँको कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा आयोजना हुन लागेको जानकारी फाउन्डेशनले दिएको छ   ।

उक्त साङ्गीतिक साँझमा आफूले आफ्ना लोकप्रिय गीतहरू ‘झुल्केको घामझैँसँगै यो मन उडिरहन्छ’, ‘हलचल भयो शहरभरि तिमी आएपछि’, ‘यो माया कसैलाई नाना हौ चैते दशैँलाई’,‘पिखुवा खोला बगेझैँ मन बग्यो’, ‘इलामे शहर चियाबारी राम्रो त्यहीँ प¥यो घर हाम्रो’ लगायत एक दर्जन गीत गाउने तयारी गरी रहेको गायक मुकारूङले जानकारी दिएका छन ।