शिक्षामा ६४ कलाको पुरातन प्रयोग :  प्रजातन्त्रवादी शिक्षकहरुको जोखिमपूर्ण यात्रा

फर्कलान् र ती दिनहरु

शिक्षामा ६४ कलाको पुरातन प्रयोग :  प्रजातन्त्रवादी शिक्षकहरुको जोखिमपूर्ण यात्रा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  भदौ ११, २०७९

समय जब बित्दै जान्छ, नयाँ नयाँ अनुभवहरु थपिँदै जान्छन् नै । दुःख सुखको नयाँ आयाम पनि खुल्दै जान्छ । के हो दुःख ? के हो सुख ? यसको पनि कुनै मापन छैन ।

बाहिरबाट हेर्दा दुःखजस्तो लाग्ने तर भोग्नेले त्यसलाई दुःख नसम्झने अनि बाहिरबाट हेर्दा सुखजस्तै लाग्ने तर भोग्नेले आफूलाई त्यसबाट सधैँ दुखिरहने पनि सुनिन्छ । अर्थात् जे देखिन्छ बाहिरबाट, त्यो सही नहुन सक्छ । यथार्थ एउटा तर व्याख्या अर्को पनि हुनसक्ने कुरा सुनिन्छ, देखिन्छ । 

हामी मानिसहरु कति औपचारिक हुन्छौँ  बेलामौकामा भने, आपसमा विवाद चलिरहेको हुन्छ तर कोही बाहिरको मानिस आयो, तत्कालै हामी केही नभएजस्तो गरी तत्कालै  सामान्य हुन्छौँ,  मानौँ कि एकछिन अघि केही भएकै थिएन । यसले हामीमा के ठिक र के बेठिक भन्ने छान्ने प्रक्रिया अत्यन्त संवेदनशील छ भन्ने पनि देखाउँछ एकातिर भने ठिक र बेठिक को एउटा नयाँ मापदण्ड हामीले तयार गरेका हुने रहेछौँ ।

त्यतिमात्र होइन, हामीसँग कुनै व्यक्ति या घटनासँग विभिन्न धारणा हुने गर्छन् । भित्र एउटा धारणा र बाहिर अर्को देखावटी भावना लिएर हिँडेका हुने रहेछौँ । सायद मानिस नै त्यस्तो प्राणी हो जसले आफूसँग विवेक लिएर हिँडेको हुन्छ र व्यक्त गर्न सक्छ संवेदना । त्यसो त हामीले पालेका जनावरहरुमा त्यस्तो माया, प्रेम र संवेदनाका क्षणहरु अनुभूत गरिएको हुन्छ तर उनीहरुले सायद भाषाका कारणले आफूलाई अव्यक्त नै राख्छन् ।

हिजोको दिनमा , खासगरी वैदिक कालमा शिक्षामा १४ विद्या र ६४कलाको कुरा थियो । १४ सिद्धान्त र ६४ कलाले त्यही सिद्धान्तको प्रयोगको कला सिकाउनु पथ्र्यो । गुरु त्यही मात्र हुन सक्थ्यो, जसमा त्यो क्षमता हुन्थ्यो । संगीत आफैँ एउटा कला थियो र त्यसमा पनि गीत, गायन, नृत्यमा पनि प्रत्येकमा ६४कला थियो । जनावरको भाषा जान्नु पनि ६४ कला मध्येको एउटा जरुरी कला थियो । श्रीकृष्ण र बलरामले ३२ दिन र ती  दिनहरुको रातमा ६४ कला सिकेको कथा पाइन्छ । अर्थात् क्षमता वानका लागि सबै कला आवश्यक  पथ्र्यो । जीवनका लागि ती कलाहरू आवश्यक थिए र ती सबै कलामा पारङ्गत हुनुमा नै शिक्षाको सिकाइ पूर्णता तर्फको  यात्रा मानिन्थ्यो । पौडी खेल्नु, शिकार गर्नु, खेती गर्नु, रंग रोगन गर्नु, घोडा हात्ती तह लगाउनु र लिएर हिँड्न सक्नु, धातुका कामहरु गर्न सक्ने , विभिन्न जनावरहरूको भाषा जान्नुपर्ने जस्ता कुराहरु थिए । गुगलबाट मैले साभार गरेको छु ६४ कलाको उदाहरण । 

१.    गायन  (Singing)
२.   वादन    (Playing Musical Instrument)  
३.‍   नर्तन   (Dance)
४.    नाट्य    (Theatre)
५.    चित्रकारी    (Painting)  
६ .   टीकाटाला        
७.    चामलको दानाले फूलबुट्टा बनाउनु  (Decoration with rice )
८.   पुष्प शृङ्गार  (Flower-Decoration) 
९.    अङ्गराग      
१०.   गृह सज्जा   (House-Decoration)
११.   शयन रचना    (Bed-Decoration)   
१२.    जलतरङ्ग        
१३ .   पचका हान्नु        
१४.  चित्रा योग                                                  (उमेरका वा अवस्था परिवर्तन गर्नु)
१५.   माला गाँस्नु   (Weaving a garland)
१६ .  कपालमा फूल सजाउनु        
१७ .   पोशाक फेर्नु   (Clothing) 
१८.  ढुङ्ग्री, काँटा लगाउनु        
१९.   अत्तर लगाउनु    (Scenting) 
२०.  गहना पहिरनु    (Ornamenting )  
२१ .   चटक गर्नु        
२२.    रूप रचना        
२३.   हातले चाँडो चाँडो हल्का काम गर्नु        
२४.   खाना पकाउनु   (Culinary)
२५.    शर्वत आदि बनाउनु   (Making drinks)
२६.    सिलाइ    (Knitting)
२७.    धागो, बत्ती कात्नु        
२८.    सितार, तबला बजाउनु  (Playing sitar, tabla)
२९.   गाउँखाने कथा, कविता, कथा भन्नु  (Telling tales, poetry)    
३०.   अन्त्याक्षरी श्लोक पढ्न सक्नु        
३१.    कठिन पदको अर्थ गर्न सक्नु  (Decipher meaning of complex words)
३२.    पुस्तक वाचन गर्न सक्नु   (Reciting a book ) 
३३.    नाट्यकला   (Theatre-art)
३४.   समस्या पूर्ति गर्नु (Solving a problem)  
३५.    मेच, कुर्सी बनाउनु        
३६ .  काठको मर्मत काम (Carpentry)   
३७.   सिकर्मी काम   (Masonry)  
३८.    वास्तु कर्म        
३९ .   सुन, चाँदीको काम  (Goldsmith)
४०.   धातुकर्म    (Ironsmith)   
४१ .   हीरा आदि जुहारती काम        
४२ .   खनिजविद्या   (Mineralogy)
४३. बगैँचा बनाउने    (Gardening)
४४.   चरा, भेँडा लडाउने        
४५.   सुगा, मैना पढाउने   (Training a parrot)    
४६.    तेल मालिस गर्ने    (Oil-massaging)   
४७.   साङ्केतिक शब्द वा अक्षरमा कुरा गर्ने        
४८.  विदेशी भाषा ज्ञान   ( Knowledge of foreign language)   
४९.   देशी अन्य भाषा ज्ञान ( Knowledge of local languages)    
५०.  प्राकृतिक लक्षणबाट शुभ(अशुभ जान्नु        
५१.   जन्तरमन्तर जान्नु   (Magic-spelling)
५२.    रक्षाबुटी बाँध्ने काम        
५३.   अर्काले पढेको सुनेर त्यस्तै पढ्नु        
५४.    कविता, काव्य रचना    (Writing Poetry)  
५५.  शब्दकोष, छन्द र लयको ज्ञान  (Knowledge of vocabulary, meter and rhythm)   
५६.    क्रियाको प्रभाव बदल्न जान्नु        
५७.    ठगी वा एेयारी गर्नु   (Cheat, spying)     
५८.  लत्ताकपडाको हिफाजत गर्नु        
५९. जुवा     (Card-games)
६०.    पाशा, बुद्धिचाल आदि ( Chess)
६१.    बाल खेल जान्नु   (Knowledge of children-games) 
६२.   नम्रता, शिष्टाचार   (Politeness)
६३.    हात्ती, घोडा सजाउनु        
६४.   लडाइँ, कुस्ती, कसरत आदि जान्नु   (Knowledge of warfare and exercises)    

उपयक्त उदाहरणबाट के सङ्केत पाइन्छ भने हिजोको दिनमा शिक्षालाई कसरी जीवनोपयोगी बनाउने भन्ने कुरामा गुरुहरूमा धेरै ध्याउन्न रहेको पाइन्छ । उपर्युक्त शिक्षाको 
मैले शिक्षकको रुपमा जेजति प्रयास गरेँ, इमानदारितासँग सम्पादन गरेँ । मैले सीपसँग सम्बन्धी शिक्षा नै दिन्थेँ जसलाई व्यावसायिक शिक्षाको नाम दिइन्थ्यो ।

बरु दलहरुका केही नेताहरुमा स्वार्थीपन,  आफन्तहरुको झुन्डलाई बढी प्राथमिकता दिने र प्रजातन्त्रका पक्षमा भन्दा निहित स्वार्थको पक्षमा मात्र लाग्ने गरेको देख्दा मन कुँडिन्छ र हिजो हामी जस्ताले जोखिम मोलेर, सहिदहरुको सहादतको अवमूल्यन गरेको जस्तो लाग्छ । प्रजातन्त्र आएमा के के आदर्श कामहरुको सुरुवात हुनेछ भनेर हामीले हाम्रा तहमा भनेका कुराहरु पनि त्यत्तिकै थाती रहेका छन् जबकि हामीले त विद्यालय शिक्षकहरुका लागि २०४७ पछि धेरै उपलब्धि प्राप्त गरेका छौँ भन्ने लाग्छ ।

कसरी कार्यालय सञ्चालन गर्ने र त्यहाँ लेखा कसरी राख्ने भन्ने सिकाउँथे । जीवनको सबैथोक लेखा राख्ने काम होइन तर कसरी समाजसँग व्यवहार गर्ने भन्ने कुरामा म बढी नै केन्द्रित हुन्थेँ । लेखा भन्ने विषय भोलिका लागि महत्वपूर्ण त थियो तर त्यसले जिज्ञासा उत्पन्न गराउने काममात्र हुन्थ्यो । अर्थो पार्जन गर्ने गराउने काम त महत्वपूर्ण नै हुन्थ्यो । विद्यालयमा दिइने वाणिज्य शिक्षा र लेखा शास्त्र शिक्षाको विषय भनेको अत्यन्त साधारण जानकारीमात्र हुन्थ्यो तर मैले जीवन कसरी बाँच्ने र नैतिक वान कसरी हुने भनेर सिकाउँथे ।

कुनै पनि शिक्षकले गर्ने भनेको नै आफ्ना शिष्यहरूको सहज जीवन यापन होस् । विद्यालयले जग राख्ने हो , बाटो देखाउने हो र भोलिको अवस्थाको आँकलन गर्न सिकाउने हो । जे सक्थेँ , सिकाएँ । जति सक्थेँ सिकाएँ । जति सक्थे सिके होलान् । कतिले उच्च शिक्षामा त्यही विषय लिए होलान्  कतिले त्यो विषय छोडे होलान् । अझ कतिले त अन्य विषयमा उच्च शिक्षा लिएर पनि फेरि व्यवसाय प्रशासनमा स्नातकोत्तर गर्न थाल्दा अलिकति भने पनि लेखा विषयको ज्ञानले काम दियो होला भन्ने लाग्छ । कहाँ म सामाजिक परिवर्तनको भोकले सताएको एउटा जिज्ञासु जसको ज्ञानको श्रोत जति त, त्यति नै भने पनि सामाजिक परिवर्तनमा लगाउनु पर्छ भन्ने मान्यता राखेँ ।

कति सफल भएँ, कति भइँन । तर अहिले मैले आफ्नो स्व मूल्याङ्कन गर्दा सफल नै भएँ होला जस्तो लाग्छ । तर मसँग देखाउने त्यस्तो पद पनि छैन, कुनै पदमा चाहना राख्दा त्यो पदमा पुग्ने क्षमता पनि भएन भन्ने ठानौँ । मैले सुरुमा समाज परिवर्तनमा शिक्षकको भूमिकालाई गम्भीरताका साथ लिएँ र शिक्षकहरुको आफ्नो तरिकाको संगठनमा ध्यान केन्द्रित गरेकै हो । त्यसका लागि सुरुमा नेपाल राष्ट्रिय शिक्षक संगठनको झन्डा मुनि गोलबद्ध भइयो, तर त्यहाँबाट प्रजातन्त्रका पक्षमा एकताबद्ध हुनका लागि नसकिने ठानेर नेपाल शिक्षक संघको स्थापना गरियो । अझ त्यो भन्दा पहिले त नेराशिसंमा भएको विभाजनले माध्यमिक शिक्षक संघ र प्राथमिक शिक्षक संघको गठन गरेको थियो ।

हामी प्रजातन्त्रवादी शिक्षकहरुको अनौपचारिक धारणा के बन्यो भने हामीले विभाजित संगठनमा आफ्नो वर्चस्व बढाउनु पर्छ जसले गर्दा भोलिका दिनमा नयाँ संगठनको प्रारुप तयार गर्न सकिन्छ । नेराशिसंको दोस्रो अध्यक्षको रुपमा आदरणीय जनकनाथ प्याकुर्‍याल दाइको नेतृत्व हुने बित्तिकै हामीले केन्द्रमा एउटा सल्लाह सुरु गरेका थियौँ । पूर्वमा विराट नगरबाट राजेन्द्र विरही, मध्यमा चितवनबाट देवेन्द्रप्रसाद उपाध्याय, पश्चिममा शंकरप्रसाद पाण्डे, नेपालगन्जबाट युवराज शर्मा र केन्द्रमा हरिहर रिसाल, म सहितको एउटा सम्पर्क सूत्रले जनक दाइलाई सहयोग गर्ने र उपयुक्त समयमा नयाँ संस्थाको स्थापना गर्ने भन्ने थियो र त्यसको नाम चाहिँ ऐतिहासिक रुपमा गठित नेपाल शिक्षक संघ नै राख्ने भन्ने रह्यो ।

त्यसमा स्वयं बीपीको पनि चाहना थियो र गिरिजाबाबुको प्रत्यक्ष निगरानीमा गठन गर्ने भन्ने रह्यो । काठमाडौँमा हाम्रो संगठन मजबुत बन्दै थियो जसमा म, विष्णु अधिकारी, पद्मराज भुसाल, अम्बिका बस्नेत समेतले पुराना शिक्षकहरुको साथ लिने काम गरेका थियौँ जसमा गौरी प्रसाद राजभण्डारीको सहयोग र साथ पायौँ सुरुमा । पछिसम्म पनि । र शिक्षकको नेताको रुपमा हामीले गोपाल बाँस्कोटालाई साथमा लियौँ जसले गर्दा माध्यमिक शिक्षक संघको अध्यक्षमा विमल कोइरालालाई छान्दा महासचिवमा गोपाल बाँस्कोटा र केन्द्रीय सदस्यमा केशवप्रसाद भट्टराईलाई आगामी दिनको केन्द्रीय संस्थाको नेतृत्व तयार गरेका थियौँ

। मैले काठमाडौँ, जीवन सिजापतिले ललितपुर र विक्रम कायस्थले भक्तपुरको संगठनलाई सचिवका रुपमा, धनुषामा चुन्नी शरण यादवले सचिवका रुपमा यस्तै नेपालभर तयार गरेका थियौँ । प्राथमिक तहको नेतृत्वमा रुद्रप्रसाद शर्मा सापकोटाको अध्यक्षतामा गठित संस्थामा केही होनहार साथीहरुलाई नेतृत्वको जिम्मा दिएका थियौँ जसमा कीर्तिबहादुर खड्का, मिठाराम विश्वकर्मा, रश्मि अधिकारीहरु मुख्यतः थिए । पछि देवेन्द्रप्रसाद उपाध्यायको अध्यक्षमा एकीकृतरुपमा शिक्षकहरुको संस्था नेपाल शिक्षक संघको स्थापना गरेका  थियौँ जुन आजसम्म पनि निरन्तररुपमा क्रियाशील छ । देवेन्द्र दाइले दुईपटक नेतृत्व गर्नुभयो भने केशवजीले पनि दुईपटक नेतृत्व गर्नुभयो ।

मिठारामजीले महासचिवको रुपमा एकपटक नेशिसंघको नेतृत्व गर्नुभयो र पछि उहाँ राष्ट्रिय समाचार समितिको अध्यक्ष र अन्तरिम संसदमा सांसद हुनुभयो । कुनै पदका पाउँदा सफल हुने भए म असफल रहेँ तर भावी दिनमा प्रजातन्त्रवादी हरुको शिक्षक संगठन गठन गर्ने काममा मेरो भूमिका भनेको संगठनकर्ता र सञ्चारकर्मीको रुपमा सक्रियता नै रह्यो । आज पनि त्यो संस्थाले शिक्षकहरुको नेतृत्व गर्छ र सबैभन्दा बढी विद्यालय शिक्षकहरु त्यही नेपाल शिक्षक संघमा आबद्ध छन् भन्ने सुन्दा खुसी लाग्छ । तर म आफैँले आफूलाई मूल्यांकन गर्दा म सफल संगठक होइन किनभने मैले धेरै साथीहरुको समर्थन पाइँन र आफ्ना धारणाहरू कार्यान्वयन गर्न पाइन भन्ने लाग्छ । तर हाम्रै साथीहरूमात्र नेपाल शिक्षक संघमा निर्वाचित भएकाले निरन्तरता छ भन्ने मानौँ ।

एकातिर दलभन्दा बाहिर रहेर बौद्धिक रुपमा आलोचनात्मक समर्थन गर्ने हाम्रो संस्थापकीय चाहना र पछि गएर दलसँग कहिले विच्छिन्न त कहिले टाँसिने पाराले न हाँसको चाल भएको देखिन्छ, न कुखुराकाके चाल भएको पाइन्छ भन्ने साथीहरु पनि छन् । सर्सर्ती हेर्दा नेपाल शिक्षक संघमा केही स्वार्थीहरुको जमघट भयो पनि होला, तर निःस्वार्थी प्रजातन्त्रवादीहरुको नै जमात देखियो ।

आज पनि  निःस्वार्थ रुपमा नै प्रजातन्त्रको पक्षमा बोल्ने, लेख्ने, संगठन गर्नेहरु छन् चाहे ती पेन्सनमा नै किन नहुन् । हजारौँ शिक्षकहरु कुनै पदको चाहना विना नै खटिरहेका छन् । त्यो उर्जाको सदुपयोग प्रजातन्त्रका पक्षमा राम्रोसँग हुन सकेको छैन । हिजोको दिनमा जोखिम मोलेर सरकारको प्रतिनिधिको रुपमा विद्यालयमा उत्तरदायित्व बहन गर्ने साथीहरुमा आज पनि प्रजातन्त्रको पक्षमा उत्तिकै उर्जा देखिन्छ । भन्नै परेन, नेपालको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको विकल्प नेपाली कांग्रेस मात्र देखिएको छ । हामी दलहरुका विपक्ष र पक्षमा बाँडिन सक्छौँ तर प्रजातन्त्रका विपक्षमा भने कदापि जान सक्दैनौँ । सायद बीपीसँगको छोटो संगतले हामीमा उदाएको त्यो सचेतना आज पनि उत्तिकै धारिलो छ । 

हाम्रो त्यो शिक्षक संघ स्थापनाका बेलामा सक्रिय रहने साथीहरु कति दिवंगत हुनुभयो, हामी नै सात दशकको वरिपरि छौँ र पनि प्रजातन्त्र भन्ने शब्दको जादुलाई न त बिर्सन सक्छौँ , न त नेपाली समाजमा बिर्सन नै दिन्छौँ भन्ने अहिले पनि लाग्छ । बरु दलहरुका केही नेताहरुमा स्वार्थीपन,  आफन्तहरुको झुन्डलाई बढी प्राथमिकता दिने र प्रजातन्त्रका पक्षमा भन्दा निहित स्वार्थको पक्षमा मात्र लाग्ने गरेको देख्दा मन कुँडिन्छ र हिजो हामी जस्ताले जोखिम मोलेर, सहिदहरुको सहादतको अवमूल्यन गरेको जस्तो लाग्छ । प्रजातन्त्र आएमा के के आदर्श कामहरुको सुरुवात हुनेछ भनेर हामीले हाम्रा तहमा भनेका कुराहरु पनि त्यत्तिकै थाती रहेका छन् जबकि हामीले त विद्यालय शिक्षकहरुका लागि २०४७ पछि धेरै उपलब्धि प्राप्त गरेका छौँ भन्ने लाग्छ । हामीले प्राप्त गरेका उपलब्धिहरु नखोसियून् भन्ने कामना मात्र गर्न सक्छौँ । क्रमशः