कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यको लागि दीर्घ  सोडारीको नाम सिफारिश

कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यको लागि दीर्घ  सोडारीको नाम सिफारिश

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १२, २०७९

  कैलाली ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागी दीर्घ सोडारीको एकल नाम सिफारिश भएको छ ।

संघिय निर्वाचन क्षेत्र कमिटीले सोडारीको नाम एकल रुपमा सिफारिश गरेको हो । शनिबार धनगढीमा बसेको जिल्ला कमिटीको बैठकमा उनको नाम सर्वसम्मत रुपमा प्रस्तुत गरीएको जनाकारी  एकीकृत समाजवादी कैलालीले दिएको छ ।

जिल्ला कमिटिले पनी सोडारीलाई नै एकल रुपमा सिफारिश गर्ने निर्णय गरेको छ । नेकपा (एस) का केन्द्रीय कमिटी सदस्य तथा कैलाली जिल्ला इन्चार्ज समेत रहेका सोडारी २०७४ को निर्वाचनमा प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञ चौधरीलाई ५ हजार मतको फराकीले अन्तरले प्राजित गर्दै प्रदेश सभामा निर्वाचित भएका थिए । सोडारी सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री हुदै हाल भौतिक पुर्वाधार विकास मन्त्री  पनि हुन  ।

सामाजिक विकास मन्त्री हुँदा उनले गरेका लोकप्रिय कामले चर्चा पाएका थिए । नेकपा (एमाले) बाट विद्रोह गर्दा सोडारीकै नेतृत्वमा सुदूरपश्चिम प्रदेश सभामा एक नम्बरको पार्टी भएको थियो । एमालेको बहुमत रहेको प्रदेशमा सो पार्टीलाई चौथो नम्बरमा पर्छाने सोडारीले नै मुख्य भुमिका खेलको चर्चा छ ।

एमाले बाट विद्रोह गरेर नेकपा९एस० लाई समाजवादी पार्टीको देशमै पहिलो शक्तिका रुपमा उभ्याउन भुमिका खेलेका पनी पार्टीले सोडारी लाइ सुदूरपश्चिममा एक नम्बरमा टिकटको लिस्टमा राख्ने तयारी गरेको श्रोतले जनाएको छ ।

कैलाली ४ नम्बर क्षेत्रमा नेकपा (एस)को बर्चश्व रहेको भन्दै अन्य पार्टीले गठबन्धनको रुपमा उनलाई सहजरुपमा लिने बताइएको छ । सोडारी मन्त्री बहाल हुँदा निर्वाचन क्षेत्रमा अर्बौंको बजेट विनियोजन गरेर विकास निर्माणका कामहरु भैरहेको भन्दै जनता माझ लोकप्रिय समेत छन् । वर्षौं देखी बन्न नसकेका करोडौंका सडक पुलका आयोजना, सडकहरु कालोपत्रेका लागि बहुवर्षिय ठेक्का लगाएर काम सुचारु गरेकै कारण उनी लोकप्रिय भएका हुन ।