भुम्लुका जनप्रतिनिधि मस्त निद्रामा : बाटो मर्मत नहुँदा जन्मन साथ बाटोमै नवजात शिशुको मृत्यु

भुम्लुका जनप्रतिनिधि मस्त निद्रामा : बाटो मर्मत नहुँदा जन्मन साथ बाटोमै नवजात शिशुको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १३, २०७९

काभ्रेपलान्चोक ।काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिकाको जनप्रतिनिधिहरुले सडक बाटो निर्माण प्रति वास्ता नगर्नाले एक नवजात शिशुको मृत्यू  भएकाे छ ।  

भुम्ल गा.पा १  सापिङको भोटे टरकी संगिता माझीको स्वास्थ चौकी पुर्याउन नपाइ बिच बाटोमै एम्बुलेन्स करिव १ घण्टा फसे पछि  त्यही सुत्केरी भइन । सुत्केरी त भइन तर स्वास्थ्यकर्मीको अभावमा  बिच बाटोमै  बच्चाको मृत्यु भयो। 

२०७९ भदौ ११ गतेलाई संगिता माझीलाई गाह्रो भएपछि वडाको एम्बुलेन्स नभएपछि अर्को वडा फलाटेको एम्बुलेन्स बोलाइ  संगितालाई सापिङ स्वास्थ चौकी तर्फ ल्याए

सापिङका गर्भवती महिलालाई असहज भएर ल्याउदै गरेको खबर प्राप्त भएपछि सबै तयार सापिङका  स्वास्थ कर्मी सबै तयार अवस्थामै रहेका थिए । तर लामो समय सम्म पनि स्वास्थ  चौकी बिरामी न आइपुगे पछि सोधपुछ गर्दा एम्बुलेन्स  बीचमै फसेको भन्ने खबर सुनेपछि स्वास्थ्यकर्मी स्टेचर बोकेर सुत्केरी महिला तर्फ गए। नभन्दै एम्बुलेन्स १ घण्टा फसेको अवस्थामा पाइएको थियो ।  सापिङ स्वास्थ चौकीका स्वास्थ्यकर्मी  अइसा महतरा भन्छिन नवजात शिशु  जन्मिँदा रोएको थियो । 

एकातिर कम तौल अनि डेट अगाडि नै जन्मिएको बच्चा घरबाट पनि दुई जना बाहेक कोही  रहने छन्। हामी जादा सुत्केरी महिला जस्तो अवस्थामा सुत्केरी भएकी थिइन त्यस्तै अवस्थामा थिइन भने अर्कोतिर ती बच्चाको मृत्यु भै सकेछ। बच्चा 

काठमाडौबाट  यति नजिक भएर बाटोको कारणले गर्दा एउटा सुत्केरी महिलालाई अफ्ठ्यारो हुनु र बच्चाको मृत्यु हुनु दुख दायी कुरा हो ।आमाको  स्वास्थ्यमा त्यस्तो केही ठूलो समस्या  थिएन । यदि तत्काल हामिले उपचार गर्न पाएको भए बचाउन सकिन्थ्यो होला दुख लाग्छ । बच्चा जन्मिनु पर्ने डेट असोजको २९ गते थियो तर भदौ ११ गते नै जन्म भयो।

उहाँलाई त्यस्तो अगाडि केही त भएको थिएन। यदि हामीले तत्काल नै भेट्न केही गर्न पाएको भए बाटोको यस्तो असहजता नभै दिएको भए सायद बचाउन सकिन्थ्यो होला। झन कम तौल भएको बच्चा अनि 'डेट' अगाडी जन्मिएको बच्चा त्यस्तो झन बढी किन  हुनुपर्ने केही हुन पनि सकेन त्यसले गर्दा नि बाच्न नसकेको हो । कतिपय अबस्थामा केही राम्रो भयो भने डेट अगाडी जन्मेका बच्चाहरु पनि बाचिरहेका छन्। 

साथै उनले वडा र पालिकालाई पनि बाटोलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्न आग्रह गरेकी छिन ताकी भोलिको दिनमा यस्तो घटना नघटोस् ।

सुत्केरी महिलाको श्रीमान कृष्ण माझि भन्नुहुन्छ - 'मैले श्रीमतीलाई आजभन्दा अगाडी पनि २ पटक भिडियो गराको नै हो। सबै कुरा राम्रो थियो। एम्बुलेन्स फस्नुभन्दा केही अगाडी बच्चा जन्मियो बच्चा रोइरहेको थियो । त्यसपछि पानी फोका फुटेर नाक र मुखमा परेर १०र१५ मिनेट पछि बच्चाको हिरिक हिरिक भएर ज्यान गयो। त्यहाँ कोहि अनुभवी थिएनौ। बच्चाको सास गएको ५ मिनेटपछि पुग्नुभयो स्वास्थ कर्मी पुग्नुभयो कोशिश धेरै गर्नु त भयो तर बचाउन सकिएन। '

सायद बाटो राम्रो र तत्काल स्वास्थ कर्मी आइदिएको भए बच्चालाई केही हुँदैन थियो होला। बच्चालाई मृत्यु हुनुको कारण नै पानी फोका फुटेर नाक र मुखमा रोइरहेको बेला पर्यो । 

साथै पीडित संगिताको श्रीमान कृष्णले वडा र पालिकालाई अबका दिनमा कोहि पनि यसरी मर्न नपरोस बाटो र स्वास्थ्यकर्मी चाडो नपुग्नाले आगामी दिनमा मेरो जस्तो नहोस भनी  ध्यानाकर्षण गराएका छन्।

अहिले संगिता माझीको स्वास्थ अवस्था सामान्य नै रहेको छ।

 क्षितिज सरगम (रिकेश)