पगडी फुकालेर फालिदिए पछि

पगडी फुकालेर फालिदिए पछि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०७६

अमेरिकाको ओरेगन राज्यका २६ वर्षीय एंड्रयु रामसेले शिखधर्मी हरविंदर सिंह डोडको पगडी फुकालेर फालिदिएपछि हेट क्राइम अन्र्तगत दोषी ठहर गर्दै उनलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । साथै उसले शिखधर्मको बारेमा अध्ययन गरी एउटा रिर्पोट पनि पेश गर्नुपर्ने छ । यसका लागि उनले स्थानीय गुरुद्वारामा एक वर्ष सत्संगमा भाग पनि लिन्पर्ने छ । 

हरविंदर सिंहको ओरेगनमा आफ्नै स्टोर छ । रामसेले  हरविंदर सिंहसँग चुरोट मागेका थिए । अमेरिकामा राज्य अनुसार फरक नियम भएपनि सामान्यतया १८ वर्षमुनिको मानिसले चुरोट सेवन गर्न र खरिद गर्न पाउँदैन् । यसका लागि उसले आफ्नो उमेर प्रमाणित गर्नका लागि परिचय पत्र देखाउनु पर्छ ।

अमेरिकामा शिख अधिकारका लागि आवाज उठाउने संस्था शिख कोअलिशनका अनुसार हरविंदर सिंहले पनि रामसेलाई चुरोट किन्नका लागि परिचय पत्र देखाउन अनुरोध गरे । रामसेसँग परिचय पत्र थिएन । त्यसैले उनले आवेशमा आएर  हरविंदर सिंहको पगडी फालिदिए, दारी समातेर ताने तथा रामधुलाई गरे ।

सिख कोलिएशनका अनुसार ओरेगनको  मारिऑन काउंटीका जज लिंड्से पार्ट्ड्जिले रामसेलाई घृणित अपराधमा दोषी ठहर्याएका हुन् ।

अमेरिकामा शिखहरुले धेरै पटक  हेट क्राइमको सामना गर्नु परेको छ । 

यो फैसला ओरेगनका विभिन्न समुदायलाई घृणित अपराधबाट सुरक्षित राख्ने दिशामा एक महत्वपूर्ण कदम हो । 

पछिल्लो वर्षमा हेट क्राइम रोक्नका लागि ओरेगन अटॉर्नी जनरल एलेन रोसेनब्लमले एक विशेष टास्क फोर्स पनि बनाएका थिए । यस्तो अपराध रोक्नका लागि सीनेटमा बिल ५७७ गरिएको छ । ऽ