काभ्रेपलान्चोक स्थित भुम्लुमा घाट र बाटोको अभावमा लाससँगै मलामीको ज्यान जोखिममा

काभ्रेपलान्चोक स्थित भुम्लुमा घाट र बाटोको अभावमा लाससँगै मलामीको ज्यान जोखिममा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १५, २०७९

काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका जनताहरुले शब अन्त्येष्टि  गर्नको लागि न त उपयुक्त घाट नै पाइयो, न त घाट सम्म पुग्ने बाटो नै पाइएको  भन्दै स्थानीय बासीले गुनासो ब्यक्त गरेका छन्। बाटो नहुँदा लाससँगै मलामीको ज्यान पनि जोखिममा पर्ने गरेको छ । 

स्थानीय बासीको भनाई छ  जुन जोगि आए नि कानै चिरिएको' भने झै भुम्लुको जनताले अहिले सम्म शब दाहसंस्कार गर्ने उपयुक्त ठाउँ सम्म नपाएको बताउने गरेका छन् । 

एक्लै हिँड्दा त मुस्किल हुने बाटोमा लास बोक्दा मलामीहरूको ज्यान  माया मारेर हिड्न बाध्य  भएको  बेख्सिम्ले र सिम्थलीबाट त चेहेरेमा लास पुर्‍याउने  कठिनता हुने गरेकाे छ । ती ठाउँहरूबाट  ३/४ घण्टा भन्दा बढी नै लाग्ने झन असहजता भोग्न स्थानीय बासी बाध्य छन् । 

परिवार  गुमाई आँखाबाट बलिन्द्र धारा आँसु बगाउँदै काँधमा लास बोक्नको  पीडा त छुट्टै भएको अर्को सापिङको रिट्ठे हुँदै लास ओरालो बाटोमा झार्दा आफ्नै ज्यानको माया मार्नु पर्ने अर्को पीडा रहेको र  बिगत धरै बर्ष देखि नै यो समस्या जिउँका तिउँ  रहेको नेता फेरिए भाषण फेरिए तर समस्या भने जिउँका तिउ भयो भन्ने उनिहरुको गुनासो छ। अझ वर्षात्को समयमा त उर्लेर आएको भोटेकोसीले मलामी नै सहित पो बगाउँछ कि भनेर त्रसित भएर बस्नुपर्ने स्थिति सृजना हुने गरेको छ ।

उनीहरुले राम्रो घाट  नभएर आफैले कोसीको छेउमा गएर ढुंगाको पर्खाल बनाइ त्यही माथि चिता बनाइ लास दाहसंस्कार गर्नुपर्ने पीडा रहेको र अर्को न त मलामी बस्ने जस्ताको टहरा समेत नभै दिँदा वर्षातको  समयमा  भने मलामी पनि लास दाहसंस्कार नगरुञ्जेल सम्म त्यही भिजेर नै बस्न बाध्य भएको बताउंछन्। उनीहरु निराश हुँदै भन्छन्
 'चुनावी  बेला हामी यो गर्छौ त्यो गर्छौ भन्दै जनतालाई झुट्टा आश्वासन दिनेको त के नै पो बिश्वास भयो र तर तिनै हामी जस्ता जनताले भोट दिएर जिताएर सिन्दुर माला लगाइदिएका नेताहरुको सिन्दुर पखालिए सँगै माला ओइलिए सँगै जनताको नेता प्रतिको आशा , सपना पनि ओइलिँदै पखालिँदै गयो ।'

हिजो जिवित हुदा  अनेकौं आश्वासन दिई भोट हाल्न लगाएको मानिस अनि बिजय हुदा नेताको गलामा फुलमाला सिन्दुर लगाउन पुगेको मानिस भोलि मृत्यु हुदा मृतक शरीर दाहसंस्कार गर्न एउटा राम्रो घाटको ब्यवस्था हुदैन  भने त्यो भन्दा नालायक बिषय के नै हुन सक्छ र ?  'अरुको लागि केही नगरे नी मृत लासको लागि कमसेकम राम्रोसँग जल्न पाउन सक्ने भएता पनि हिजो जिवित हुँदा  भोट दिंदाको भार कटिन्थ्यो कि नेता ज्युुहरु भनेर प्रश्न गरेका गरेका छन् ।

 साथै भुम्लुली जनताहरुले मै हुँ भन्ने नेता रहेको भुम्लु गाउँपालिकामा अहिले मलामी जाँदा बाटो नभएर भित्तो कोपर्दै, गोडा कमाउँदै  ज्यानको माया मारेर हिड्नुपर्ने बाध्यता पहिला देखि नै नभएको होइन तर अहिले पनि जिउँका तिउँ  रहेकोले यस बिषयमा पालिका प्रमुख साथै सम्पुर्ण वडाका जन प्रतिनिधिहरुलाई ध्यानाकर्षण  गराउँदा पनि वास्ता न गरिएकाे पनि स्थनीय बासीको गुनासो  गर्दै भन्छन्- भुम्लुमा नेता पनि फेरिए भाषण पनि फेरिए, तर दाहसंस्कारका लागि न त  घाट नै बन्यो  न त बाटो नै ! 

क्षितिज सरगम (रिकेश)