आइएमईकाे ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ नामक अफर सार्वजनिक

आइएमईकाे ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ नामक अफर सार्वजनिक

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १५, २०७९

काठमाडौं । आइएमईले आफ्ना  सेवाग्राहीलाई लक्षित गरेर  चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ ।

आइएमईले  चाडपर्वलाई गरी ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ नामक अफर सार्वजनिक गरेको हो । विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरु मध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गर्ने कम्पनीले जानकारी गराएको  छ ।

 हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार  प्रदान गरिने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार प्रदान गरिने छ ।


२०७९ भदौ १५ गते बुधबार आयोजित अफर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीले आफ्नो स्थापनाकालदेखि नै यस्तो अफर ल्याउने गरेको भन्दै यस्तो अफर योजनाले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनी बीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने अपेक्षा राखिएको बताउनु भएकाे छ । 

अध्यक्ष ढकालले देशको आर्थिक क्रियाकलापमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै विदेशबाट आउने रेमिट्यान्स बढाउन सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो  । रेमिट्यान्स आप्रवाहलाई बढाउन, रेमिट्यान्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष ढकालले गैर आवासीय नेपाली संघसँगको सहकार्यमा निर्माण सम्पन्न भएको २७ मेघावाट क्षमताको दोर्दी खोलाको विद्युतीय उत्पादन मंगलबार मात्रै राष्ट्रिय प्रसारण केन्द्रमा जोडाएकोमा खुसी व्यक्त गर्दै विदेशबाट आउने रेमिट्यान्स लाई यस्तै संघ/संस्थाहरूसँग सहकार्य गरी उत्पादनशील क्षेत्रमा आकर्षित गर्न आइएमई ग्रुप तयार रहेको बताए ।

कम्पनीको ब्राण्ड एम्बासडर दीपकराज गिरीले सधैं जस्तो यसपटक पनि आईएमईको अफरमा सहभागी हुन् सेवाग्राहीलाई आग्रह गर्नु भयएको थियो ।

कम्पनीका भाइस प्रेसिडेन्ट रुद्रराज पौडेलले सधैं आम सेवाग्राहीलाई सरल, सुलभ र विश्वस्तरीय रेमिट्यान्स सेवा प्रदान गर्न आईएमई प्रतिवद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिटेन्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिटेन्स सेवा दिन कम्पनीले त्यही अनुरूपको तयारी पूरा गरेको बताउनु भएको  थियो  ।

कुल ८२ जना सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य उदेश्यमा आधारित हुने जनाएको छ । उक्त अफर १६ भदौ २०७९ देखि १६ कात्तिक २०७९ सम्म कायम हुने जनाएको छ ।