नबिल बैंकलाई  ‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’ प्राप्त

नबिल बैंकलाई  ‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’ प्राप्त

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १७, २०७९

काठमाडौँ ।  नबिल बैंकलेे व्यवसाय वृद्धिमा डेबिट कार्ड र इ-कमर्स मार्फत योगदान पुर्‍याएवापत  ‘एक्सलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ-कमर्स एक्वाइरिङ बिजनेस २०२२ अवार्ड २०२२’ प्राप्त गरेको बैंकल जनाएको छ । 

भिसा इन्टरनेशनलले अगस्ट ३१, २०२२ मा काठमाडौंमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ मा नबिल बैंकलाई अवार्ड प्रदान गरिएको हो  ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल टोलीका सबै सदस्यहरुलाई उनीहरुको समर्पणप्रति कृतज्ञता व्यक्त गर्दै बधाई दिँदै भन्नु भयो -' नबिलले सधैं नेपालको पहिलो डिजिटल बैंक बन्नको लागि प्रयास गरेको छ र हाम्रो अथक प्रयासको लागि मान्यता पाउँदा हामी खुसी छौं।'  उहाँको  थप भनाइ थियो - हामीले हाम्रा मूल्यवान ग्राहकहरूका लागि डिजिटल समाधानहरू प्रवर्द्धन गर्न सधैं ध्यान केन्द्रित र लगानी गरेका छौं र यस्तो मान्यताले हामीलाई डिजिटल डोमेन मार्फत ग्राहकको अनुभव अभिवृद्धि गर्न थप काम गर्न उत्प्रेरित गर्नेछ।'