डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले वृद्धि, १५ दिनमा करिब ३० करोड ५२ लाख घाटा

डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले वृद्धि, १५ दिनमा करिब ३० करोड ५२ लाख घाटा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १७, २०७९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

मूल्य समायोजनपछि पनि १५ दिनमा करिब ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।