कांग्रेसको बालकोटसँग हिमचिम:  ‘सरप्राइज’ पराजयको जोखिममा सत्ता गठबन्धन !

लोकसंवाद टिप्पणी

कांग्रेसको बालकोटसँग हिमचिम:  ‘सरप्राइज’ पराजयको जोखिममा सत्ता गठबन्धन !

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १७, २०७९

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर लड्ने निर्णय गरेको सत्ता गठबन्धन भागवण्डाको पुरानै किचलोमा रुमल्लिएको छ । सिट बाँडफाँटका लागि गत साउनमा नै बनेको सत्ता गठबन्धनको कार्यदल र त्यसपछि शीर्ष तहमा कोशिस गर्दा पनि भागबण्डा मिल्न सकेको छैन ।

सिट बाँडफाँटमा सहमति जुटाउन सत्तारुढ गठबन्धनका नेताहरु बिहीबार बिहानैदेखि बालुवाटारमा छलफलमा जुटेका थिए । शीर्ष नेताहरुबीच संयुक्त, एक्लाएक्लै र कार्यदल सदस्यहरुबीच सघन छलफल भएको छ । तर कुनै सहमति जुटिसकेको छैन । नेताहरुका अनुसार तत्कालै सहमति जुटिहाल्ने सम्भावना पनि कम छ । 

दलहरुबीच गत २०७४ को निर्वाचनको परिणाम र २०७९ सालको स्थानीय तह निर्वाचनको मतलाई समेत आधार मानेर सिट बाँडफाँट गर्ने सहमति भइसकेको छ । यतिबेला काँग्रेसले अघिल्लो पटक प्रत्यक्षमा २३ र समानुपातिक सहित ६३ सिट जितेको थियो । गठबन्धनमा काँग्रेस एकातिर र अन्य दलहरु एकातिर हुँदा काँग्रेसभन्दा ठूलो शक्ति बन्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेसले ५० प्रतिशत र अन्य दललाई ५० प्रतिशत सिट मिलाउनुपर्ने प्रस्ताव राखेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने काँग्रेसले ७० सिटमा निर्वाचन लड्नुपर्ने बताएका छन् । प्रचण्डकै प्रस्तावअनुसार काँग्रेसले १६५ प्रतिनिधिसभा सिटमध्ये आधा लिएर आधा अन्य दललाई दिए भागबण्डा गर्ने बताइरहेका छन् । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलले २२ देखि २५ सिट पाउनुपर्ने अडान राखेका छन् । यतिमात्रै होइन उनी १२/१५ सिट लिएर तालमेल गर्नुको अर्थ नहुने भन्दै एक्लै चुनाव लड्ने सम्मको तयारीमा छन् । थोरै सिट लिएर चुनावमा जाँदा पार्टीमा विद्रोह हुने र समानुपातिक मतमा समेत असर पर्ने उनको भनाई छ । थोरै सिट पाएको अवस्थामा गठबन्धन गर्नुको साटो एक्लै चुनाव लड्ने उनको भनाई छ

उनको प्रस्तावअनुसार सिट बाँडफाँट गर्दा काँग्रेसले ८२ सिट पाउनसक्छ भने माओवादीले ५० सिट पाउने सम्भावना हुन्छ । माधवकुमार नेपालको प्रस्तावअनुसार काँग्रेस ७० सिट लिन तयार भए माओवादीले ५० र अन्य दलले २५ सिटको हाराहारी पाउने सम्भावना हुन्छ । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलले २२ देखि २५ सिट पाउनुपर्ने अडान राखेका छन् । यतिमात्रै होइन उनी १२/१५ सिट लिएर तालमेल गर्नुको अर्थ नहुने भन्दै एक्लै चुनाव लड्ने सम्मको तयारीमा छन् । थोरै सिट लिएर चुनावमा जाँदा पार्टीमा विद्रोह हुने र समानुपातिक मतमा समेत असर पर्ने उनको भनाई छ । थोरै सिट पाएको अवस्थामा गठबन्धन गर्नुको साटो एक्लै चुनाव लड्ने उनको भनाई छ ।

राष्ट्रिय जनमोर्चाले बाग्लुङ वा प्युठानमा सिट मागेको छ । काँग्रेस भने अन्य दलको प्रस्तावमा तयार छैन । काँग्रेसले ९० सिटभन्दा तल झर्न नसक्ने बताइरहेको छ । काँग्रेस अघिल्लो निर्वाचनमा एमाले र माओवादीको गठबन्धन विरुद्ध लड्नुपर्दा प्रत्यक्षतर्फ तेस्रो पार्टी बनेको थियो । यसपटक काँग्रेस यस्तो अवस्था बनाउन चाहँदैन । त्यसैले गठबन्धन पनि चाहिएको छ र अन्य दललाई सकेसम्म कम सिटमा खुम्च्याएर आफू बढी लिन पनि चाहन्छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेल ९० सिटसम्म झर्न सकिने बताइरहेका छन् भने महामन्त्री गगन थापाले कार्यदलमा १०० सिट काँग्रेसलाई चाहिने बताइरहेका छन् । पौडेल र थापाको प्रस्ताव मान्दा काँग्रेस एक्लै समानुपातिक सहित बहुमत ल्याउने गरी चुनाव लड्न चाहन्छ भने अन्य दलले ७० देखि ७५ सिटभित्र बाँडफाँट मिलाउनुपर्ने अवस्था देखिन्छ । 

काँग्रेसको अर्को दौड झनै रोचक छ । एकातिर सत्ता गठबन्धनका लागि कोशिस भइरहेको छ भने काँग्रेसकै एकथरी नेताहरु एमालेसँगको निरन्तर छलफलमा देखिन्छन् ।

कांग्रेसका नेताहरुलाई एमालेले तीन वटा आश्वासन दिएको देखिन्छ । एउटा माओवादी र समाजवादीसँग जनमत धेरै नभएकाले तालमेलमा अल्झिनु आवश्यक छैन । दोस्रो गठबन्धन भएको अवस्थामा सिट नपाउने काँग्रेस उम्मेदवारलाई एमालेले साथ दिन्छ । र, तेस्रो काँग्रेसले गठबन्धन नगर्दा प्रचण्ड र माधवकुमार नेपालको हैसियत खुम्चिन्छ । त्यसैले एमालेले यी दलसँग कुनै हालतमा तालमेल नगरि र एक्लाएक्लै चुनावमा जाऊँ !

पछिल्लो समयमा बालकोटतिर काँग्रेस नेताहरुको दौडले केही अनौठो संकेत गरिरहेको छ । गठबन्धनका नाममा शेखर पक्षले टिकट नपाएमा एमालेले साथ दिने  र सो पक्षका नेताहरु चुनावमा एमालेको साथमा चुनाव लड्ने दाउमा समेत छन् । केही दिनअघि मिनेन्द्र रिजालले ओलीसँग भेट गरेका थिए । काँग्रेसभित्रको विवाद र छटपटी हेर्दा भागबण्डा नमिल्दा विद्रोहको मोर्चा खुल्ला हुने र गठबन्धनका उम्मेदवारहरुले जित्न संघर्ष गर्नुपर्ने अवस्था आउने देखिएको छ ।