कुमारी बैंक सर्वोत्कृष्ट ई-कमर्श सम्मानद्वारा सम्मानित

कुमारी बैंक  सर्वोत्कृष्ट ई-कमर्श सम्मानद्वारा सम्मानित

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १७, २०७९

काठमाडौँ । भिसा इन्टरनेशनलद्वारा  कुमारी बैंकलाई सर्वोत्कृष्ट ई-कमर्श सम्मान  ‘एक्सेलेन्स इन इकमर्श बिजनेस २०२२’ सम्मान गरिएको बैकले जनाएको छ । 

भिसा इन्टरनेशनलद्वारा  यही  २०७९ भाद्र १५ मा  आयोजित लिडर सिप कन्क्लेभ–पेमेन्ट्स इन्नो भेसन फर डिजिटल नेपाल’ आयोजित सम्मेलनमा बैंकलाई अवार्डले सु-सम्मानित गरिएको हो ।

कुमारी बैक अनुसार अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ई-कमर्स व्यवसायको मात्रा हासिल गर्दै  प्रदान गरिएको हो ।
आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।