नेपाल फोटो पत्रकार महासंघ बारा अध्यक्षमा दिवाकर भण्डारी

नेपाल फोटो पत्रकार महासंघ बारा अध्यक्षमा दिवाकर भण्डारी

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १७, २०७९

बारा ।नेपाल फोटो पत्रकार महासंघ बारा अध्यक्षमा  दिवाकर भण्डारी चयन भएका छन् । शुक्रबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा श्याम गुप्ता, सचिव ईन्दिप कोइराला, कोषाध्यक्ष प्रल्हाद तिमिल्सिना छन् । यसैगरी सदस्यमा प्रदीप गौतम, राधेश्याम पटेल, एसएस पटेललगायत चयन भएका छन् ।

अधिवेशनले तत्कालीन कार्यसमितिका गोकुल घोरसाइने, लक्ष्मी साह, रेशम तिवारी, प्रकाश लम्साल,  सिकेन्द्र पासवान,  फैजुल्लाह आलमलाई सल्लाहकार समितिमा चयन गर्ने निर्णय गरेको छ ।