करनसँग मेरो डेट हुने गरेको छैन, पिजी

करनसँग मेरो डेट हुने गरेको छैन, पिजी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०७६

काठमाडौं, एजेन्सी । २५ मे मा आफ्नो ४७ औं जन्मदिन मनाएका बलिउड निर्देशक तथा फिल्ममेकर करन जौहरलाई उनका मित्र वन्धु, आफन्त तथा कला क्षेत्रसँग सम्बन्धित थुप्रैले बधाई तथा शुभकामना दिए । 

शुभकामना दिनेको भिडमा न्युयोर्कलाई आफ्नो कर्मथलो बनाएका नेपाली डिजाइनर प्रबल गुरुंग पनि थिए । सन्देशमा उनले करन जौहरसँगको फोटो शेयर गर्दै लेखे, प्रेम गर्नु छ भने किन डराउनु....जन्मदिनको शुभकामना । 

यो शुभकामना सन्देश पछि कतै करन र प्रबल डेटिंगमा त छैनन भन्ने चर्चा सामाजिक संजालमा भाइरल भयो । यसका बारेमा सफाई दिंदै प्रबलले एउटा लामो सन्देश सामाजिक संजालमा पोष्ट गर्दै भने, ‘करनसँग मेरो डेट हुने गरेको छैन ।’ 

‘उनी मेरा असल साथी, मार्गदर्शक तथा भाई हुन । मलाई लाग्छ अब यसबारेमा थप चर्चा हुने छैन् । के हामी रमाइलो गदैनौं र ? यो केवल यसो रमाइलोका लागि मात्र गरिएको पोष्ट हो । सबैलाई धन्यवाद ।’ 
प्रबलले यसबारेमा थप प्रष्ट गर्दै भने, उनी मेरा लागि सबै सम्बन्धहरु भन्दा माथिका मेरा भाई हुन् जसकहाँ म मलाई अप्ठ्यारो परेको जुनसुकै बेला जानसक्छु । हामी आफ्ना समस्यामा सँधै एक अर्काका साथ रहने गरेका छौं । 

 प्रबलले यसमा अझ प्रष्ट गर्दै भने, म पाँच वर्षदेखि कसैसँग रिलेसनशिपमा छु तथा यसैमा मस्त र खुशि छु। 

नेपालमा भएको एउटा कार्यक्रममा उनले आफू समलिंगी भएको र यसका कारण नै राम्रो श्रृजना गर्न सकेको बताएका थिए । त्यस्तै करन जौहरको योनिकताको बारेमा पनि सँधै प्रश्न उठ्ने गरेको छ यसका बारेमा उनले सँधै जोगिएर उत्तर दिने गरेका छन् ।