बिरामी छोरीलाई उपचार गर्न भनी भारत बोलाइ ज्वाइँले आगो लगाइ हत्या गरेको माइती पक्षको आरोप

बिरामी छोरीलाई उपचार गर्न भनी भारत बोलाइ ज्वाइँले आगो लगाइ हत्या गरेको माइती पक्षको आरोप

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  भदौ १८, २०७९

अछाम स्थित पञ्चदेवल विनायक नगरपालिका वडा नं ६ उल्लेडिगडा, तोलीमा २०५४ साल फागुन २५ गते बुबा मौरे बिक र आमा हिरा बिकको  कोखबाट  माइल छोरीका रुपमा जन्मिएकी हुन देबु ।

 २०७१ साल मंसिर महिनामा अर्को टोलमा भईरहेको विवाहको जात्रा हेर्न गएकी देबुलाई सोही वडाको गौंतिबग्ण टोलमा बस्ने पहरामा विकका छोरा जनक विकले जबर्जस्ती हात हाले र तानेर लगे । देबुले अब यसै उसै सबैलाई थाहा भैहाल्यो  मेरो इज्जतमा दाग लागिहाल्यो होस अब म यसैलाई  बिबाह स्वीकार गर्छु भन्दै स्विकार गरिन।

उता बुबा आमा भने  छोरी पोइल गएको खबर थाहा पाएपछि छोरीको घरमा गइ  बुझ्दा उनले सबै कुरा लुकाएर आफ्नो र परिवारको इज्जत धान्न छोरीले आफू राजी भएर विवाह गरेको र यसैमा खुसी भएको कुरा बताएको  जनाकारी दिई घर पठाएकी थिइन । 

सानै उमेरमा जबर्जस्ती विवाह बन्धनमा बाँधिएकी देबु अरु मन भित्रको दुःख पीडा सबैमा  पिल्सिएर  वैवाहिक जोडि जस्तै समान्य जीवन बिताउन थालेकी थिइन। सानै उमेरमा उनको सन्तान पनि भयो। उनका दुई सन्तान पहिलो छोरा साँढे ६ बर्षको भए भने छोरी साँढे तिन बर्षको जसो तसाे ह्रुर्काउँदै  थिइन भने उता  देबुका श्रीमान जनक भने भारतको पुनामा काम गर्थे।

दाइ भरत बिकले दिएको जानकारी अनुसार सानै उमेरको बिबाह अनि नेपालमा समान्य परिवारिक जीवन बिताई राखेकी देबु केही समयदेखि  बिरामी परिन । बिराम श्रीमतीको उपचार गर्न भनि श्रीमान जनक विकले  देबु विकलाई नेपालदेखि भारतको पुनामा बोलाएका थिए।  श्रीमानले उपचार गर्न बोलाए भन्दै आफ्नो बिरामी शरीरलाई घिसार्दै भारत पुगिन देबु विक  । श्रीमतीलाई उपचार गर्न बोलाएको त जनकको बहाना मात्र भएको र  उपचार गर्न बोलाएर श्रीमतीलाई भातको पुनामा जाँड रक्सि पिएर देबु माथि एक्कासी  हातपात र कुटपिट गर्न थालेको माइती पक्षले आराेप लगाएका छन् । 

कमजोर शरीर लिएर उपचारको आशमा श्रीमानसँग पुगेकी देबु झनै उपचार पाउनु त कताकता स कुटाइ पिटाइ गाली मात्र खान थालेको र  त्यही भएका माइती पक्ष र आफन्तले हातपात नगर्न भन्दै सम्झाएँ ता पनि कुटपिट गर्ने सिलसिला रोकिएन ।   सम्झाउन जाँदा आफन्तसँग डिभोर्स मागेको र भारतको पुनमा सबैले सम्झाए पनि  रिसाएर  जनकले १०/१५ दिनमा श्रीमती देबुको लास गायब गरिदिन्छु भन्ने धम्कि दिंदै अगस्ट १० गते नै पुनबाट श्रीमती देबु बिक र छोरी सहित मुम्बई निस्किएका देबुको दाइ भरत बिकले बताएका छन्  

देवुको दाइ भरतको  भनाइ छ मुम्बई निस्केको भोलि पल्टै फेरि दिदी देवु माथि कुटपिटरगालीगलौज सदा झै पुनः शुरु गरेका रहे छन ।यसै क्रममा मुम्बई आएको १३ दिनपछि अर्थात अगस्ट २३ गते देवु बिकको शरिरमा आगो लागेर मुम्बई महा राष्ट्रको जि जी हस्पिटलमा उपचाररत छन भन्ने खबर हामी माइती पक्षले थाहा पाए । 

हामीलाई देवुले शरिरमा आगो लगाएको कुरा बिल्कुलै पत्यार नलागेर  नेपालबाट माइती पक्षका बुबा मौरे बिक गएको भोलि पल्ट अर्थात अगस्ट २८ गते देवु बिकको मृत्यु भयो।विगत र वर्तमानमा जनक बिकको हर्कत बानी व्यहोरा र हाम्री दिदी माथिको आक्रमण र हिंसा हेर्ने हो भने हामीलाई जनकले नै हत्या गर्न शरिरमा डिजेल छर्केर आगो लगाएको माइती पक्षले आरोप लगाएको छ । 

मुम्बई स्थित कोलाबा पुलिस चौकीमा उजुरी गर्दा प्रहरीले अचेत अवस्थामा रहेकी देवुको 'आफैं मरेकी हुँ' भनाईलाई  आधार बनाइ  श्रमानलाई पक्राउ गरेर छोडि दिइसकेको छ ।जब कि देवु विक निक्कै अचेत अवस्थामा थिइन। मान्छे चिन्न पनि नसक्ने अवस्थामा अचेत अवस्थामा रहेका मान्छेले कसरी सही बोल्न सक्छ ? भनी माइति पक्षले प्रश्न गरी रहेका छन् । 



मृतकको  लास बुझ्न पनि हस्पिटल र पुलिस चौकीले कानुन त्यति नजानेको मृतकका बुबालाई हस्ताक्षर गर्न लगाए सोही अनुसार लास बुझेर आफन्त सबै गएर सोही दिन दाहसंस्कार गर्न बाध्य पारिएको समेत गुनासो माइतीको छ ।  

 पछि पुनः उजुरी दर्ता गराउन खोज्दा घटनालाई सामान्यीकरण गरेर लास बुझि सकेकोले मुद्दा दर्ता नहुने कुरा त्यहाँको प्रहरी प्रशासनले जानकारी दिदै उजुरी दर्ता समेत लिन नमाने पछि  अर्काको देशको कानुन नजानेकाले वृद्ध बुबा निराश हुँदै आखामा आँसु बगाउँदै नेपाल फर्किएका छन्। 

मृतकका बुबा मौरे बिक भन्छन् - आफुले जन्म दिएको छोरी आज जिउँदै शरीर  जलाएर अरुको देशमा लगी मारे। आँखा बाट आँसु बाउदै भन्छन्- कलिलो उमेरमा ललाइ फकाइ  बिबाह लगेर आज जिउँदै जलाएर मार्‍यो । मैले मेरो छोरीसँग राम्रोसँग बोल्न पनि पाइन। अरुको देशमा अब त मेरो छोरी त फर्केर आउने छैन, बुबा भनेर कहिले बोलाउने छैन। उपचार गर्ने बहानामा मेरो छोरी आज सिकार हुन पुगि, श्रीमानले उपचार गर्लान भनेर गएको छोरी पापी ले ज्यानमै आगो लगाइदियो, नेपालको खोइ कहाँ हुनुहुन्छ महिला अधिकारकर्मी, खोइ कहाँ हुनुहुन्छ न्यायका कुरा उठाउनेहरू  मेरो छोरी आज पशुलाई  झै सिकार बनाइएको छ । जिउँदै आगो लगाउने नर पिचासलाई के कार्वाही हुन्छ कि नई ? नेपाल सरकार अनि नेपाल प्रहरीको पनि ध्यानाकर्षण होस। मेरो छोरी त मरी मरी तर न्याय नमरोस् ।