मधेश प्रदेशका  महान्यायधिवक्ता दीपेन्द्र  झा सहित सयौँ जसपामा

मधेश प्रदेशका  महान्यायधिवक्ता दीपेन्द्र  झा सहित सयौँ जसपामा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १९, २०७९

महोत्तरी । मधेश प्रदेशका महान्यायधिवक्ता  दीपेन्द्र झा जसपा प्रवेश गरेका छन् । महोत्तरीको जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा झा सहित विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन् । 

पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुले झा सहितका कार्यकर्तालाई माला लगाएर शनिबार पार्टी प्रवेश गराएका हुन् । 
सक्रिय राजनीतिमा लाग्ने मनसायका साथ महान्यायधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका झालेजनता समाजवादी पार्टी, नेपालबाट राजनीतिलाई अगाडि बढाउन चाहनु मधेश र मधेशी समुदायका लागि मात्र नभइ नेपाली राजनीतिको लागि समेत सुखद संकेत भएको पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए । 

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा. सुरेन्द्र यादव, केन्द्रीय नेताहरु, प्रदेश तथा स्थानीय तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।