कुमारी बैंक र श्री कृष्ण पोलीक्लिनिक बीच स्वास्थ्योपचारमा छुट दिने सम्बन्धि सम्झौता

कुमारी बैंक र श्री कृष्ण पोलीक्लिनिक बीच स्वास्थ्योपचारमा छुट दिने सम्बन्धि सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १९, २०७९

कुमारी बैंक लिमिटेड र देवदह ०५, खैरेनी, रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रा। लि। बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई श्री कृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो श्री कृष्ण पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपिडी  शुल्कमा ५० प्रतिशत, एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५प्रतिशत, प्रक्रिया/ड्रेसिङ शुल्कमा १०प्रतिशत र औषधी शुल्कहरूमा ३–५प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।