स्रोत नखुलेको ७ लाख सहित नगद हरिनारायण कुर्मी सहित पक्राउ

स्रोत नखुलेको ७ लाख सहित नगद हरिनारायण कुर्मी सहित पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७९

पर्सा । वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेट स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ५० वर्षीय हरिनारायण प्रसाद कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२८ प २८९० नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनी तथा ट्याङ्कीमा लुकाई ल्याएको उक्त नगद फेला पारी हरिनारायणलाई पक्राउ गरेको हो । 

 उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान भइरहेको छ ।