बिजुली सर्ट  हुँदा थुलुङ दुधकोशी स्थित देउसा खिलुको इन्द्र बस्नेतको घरमा आगलागी

बिजुली सर्ट  हुँदा थुलुङ दुधकोशी स्थित देउसा खिलुको इन्द्र बस्नेतको घरमा आगलागी

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७९

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका– ७ देउसा खिलुको  एक घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ ।

२०७९ भदौ १९ गते बिहान  करिब साढे ४  बजे स्थानीय इन्द्र बहादुर बस्नेतको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी ज्ञान बहादुर माझीले जानकारी दिनुभयो । 

आगलागीबाट बस्नेतको ढुङ्गा माटोले बनेको ३ तले घर सहित सो भित्र भएका अन्नपात, भाडावर्तन, लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएको छ । 

२ महिना अगाडी देखि बिजुली बिग्रिएका कारण  बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।