छात्र दौडमा कुकुर तेस्रो !

छात्र दौडमा कुकुर तेस्रो !

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १३, २०७६

काठमाडौं । चीनको एक युनिभर्सिटीमा आयोजना गरिएको १०० मिटरको छात्र दौडमा कुकुर तेस्रो नम्बरमा दूरी पार गरेको छ । 

निंगशियास्थित बिफांग युनिभर्सिटीले स्पोर्टस् इभेन्टअन्तर्गत आयोजना गरेको दौडमा कुकुरले प्रतियोगी छात्रसँग दौडेर तेस्रो नम्बरमा दूरी पार गरेको हो । 
आयोजकका अनुसार छात्र दौडका क्रममा कुकुर अचानक आएर प्रतियोगीसँग दौडेको थियो । 

यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

दौडमा ८ विद्यार्थीले भाग लिएका थिए । आयोजकका अनुसार कुकुर चार वर्षदेखि युनिभर्सिटीमा बसिरहेको छ ।