प्रशान्त महासागरमा जापान, दक्षिण कोरिया,अमेरिका लगायतका ६ देशबाट जम्मा हुन्छ प्लाष्टिकजन्य फोहोर

प्रशान्त महासागरमा जापान, दक्षिण कोरिया,अमेरिका लगायतका ६ देशबाट जम्मा हुन्छ प्लाष्टिकजन्य फोहोर

एजेन्सी  |  समाचार  |  भदौ २०, २०७९

जापान । प्रशान्त महासागरमा प्लाष्टिकको ९० प्रतिशतभन्दा बढी तैरि रहेको फोहोर जम्मा ६ वटा देशबाट जम्मा  हुने गरेको एउटा नयाँ अनुसन्धानले देखाएको छ । प्रायः फोहोर जापान र चीनमा अत्यधिक माछा मार्ने प्रक्रियाबाट जम्मा हुने अध्ययनमा देखाइएको छ । 

विश्लेषण र उचित नमूना पछि महासागर सफाई परियोजना र वासिंगटन विश्वविद्यालयका  अनुसन्धानकर्ताहरूको टोलीले वैज्ञानिक रिपोर्ट जर्नलमा आफ्नो रिपोर्ट प्रकाशित गरेका छन् । 

उत्तर प्रशान्त महासागरमा हाल हजारौं टन तैरिरहेको प्लास्टिकको फोहोरले ढाकिएको अनुसन्धानमा  उल्लेख छ । फोहर फैलिएको क्षेत्रलाई उत्तर प्रशान्त गार्बेज प्याच (एनपीजीपी) भनिएको छ । 

फोहोरको ठूलो अंश माछा मार्ने जाल र डोरी रहेको अध्ययनले देखाएको छ । बाँकी फोहर प्रायः कडा प्लास्टिक वस्तुहरू र टुक्राहरू मिलेर बनेको छ ।

अध्ययनअनुसार महासागरमा जम्मा तैरिने फोहर मध्ये ३३ दशमलब ६ प्रतिशत जापान, ३२ दशमलब ३ प्रतिशत दक्षिण कोरिया र ९दशमलब ९ प्रतिशत अमेरिकाको रहेको छ । त्यस्तै, ६ दशमलब ५ प्रतिशत ताइवान र ४ दशमलब ७ प्रतिशत फोहोरमा क्यानडा जिम्मेवार छन् ।