मिर्गौला प्रत्यारोपणका लागि अनुमतिको पर्खाइमा कर्णाली प्रदेश अस्पताल सुर्खेत

मिर्गौला प्रत्यारोपणका लागि अनुमतिको पर्खाइमा कर्णाली प्रदेश अस्पताल सुर्खेत

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ २०, २०७९

सुर्खेत । स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते सम्झौता भइसकेको छ । प्रदेश अस्पतालले ०७४ देखि डाइलासिस सेवा दिँदै आएको छ ।

मिर्गौला प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए । प्रदेश अस्पतालले ६ जना चिकित्सकलाई तालिम दिएर सेवा सञ्चालनका लागि तयारी अवस्थामा राखेको जनाएको छ । 

मिर्गौला प्रत्यारोपणका लागि अहिले काठमाडौँ जानु परिरहेको छ । विभागबाट स्वीकृत पाए लगत्तै सबै व्यवस्थापन तथा जनशक्ति तयारी भएर बसेकाले काम सुरु हुने डाक्टर खड्काले जानकारी दिए ।