सत्ताको भोकमा शक्ति गुमाएका बाबुराम : आफ्नै हातमा छैन चुनाव

लोकसंवाद टिप्पणी

सत्ताको भोकमा शक्ति गुमाएका बाबुराम : आफ्नै हातमा छैन चुनाव

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७९

युद्धकाल देखि नै गोरखा माओवादीको पकड क्षेत्रका रुपमा रहेको छ । त्यसैले २०६४ पछिका सबै चुनावमा गोरखामा माओवादीले जित निकाल्दै आएको छ । २०७४ को निर्वाचनमा गोरखा–२ मा माओवादी पराजित भयो । माओवादीलाई हराउने नेता थिए–पूर्व माओवादी नेता डा.बाबुराम भट्टराई । उनले सशस्त्र द्वन्द्वपछि माओवादीसँग एकता गरेर आएका नारायणकाजी श्रेष्ठलाई हराएका थिए । भट्टराई र श्रेष्ठ २०७२ साल असोजसम्म तत्कालीन एनेकपा (माओवादी) का अध्यक्ष प्रचण्डपछि दोस्रो र तेस्रो वरियताका नेता थिए ।

तर २०७२ साल असोज ३ गते संविधान जारी भएसँगै भट्टराई अब माओवादीबाट देशको परिवर्तन सम्भव नभएको भन्दै नयाँ शक्ति निर्माण गर्ने भन्दै माओवादीबाट बाहिरिएका हुन् । त्यसको करिब २ वर्षपछि भएको निर्वाचनमा पूर्वमाओवादी भट्टराईले काँग्रेसको समेत समर्थनमा उम्मेदवार बनेर सशस्त्र द्वन्द्वपछि माओवादी हुन आएका श्रेष्ठलाई हराइदिए । 

भट्टराई गोरखामा लोकप्रिय नेता हुनु, माओवादी कमजोर हुनु, गोरखाका ११ मध्ये त्यसबेलाको स्थानीय तह निर्वाचनमा काँग्रेसले ९ तहमा जित हात पार्नु, उनी माओवादीबाट आएको नेता हुनु जस्ता धेरै कारणले उनको जित सहज भएको थियो । 

त्यो निर्वाचनमा नयाँ शक्तिबाट प्रतिनिधिसभा निर्वाचन जित्ने एक्लो सांसद भट्टराईको नयाँ शक्तिले समानुपातिकतर्फ भने एक सिट जित्न आवश्यक ३ प्रतिशत मत ल्याउन सकेन । पहिलो संविधानसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल माओवादीको उपाध्यक्ष रहेका भट्टराई प्रधानमन्त्री समेत बनेका थिए । तर त्यसको १० वर्षपछिको निर्वाचनमा अलग पार्टी बनाएका भट्टराई आफ्नो पार्टीका एक्लो सांसद बने । 

२०७२ पछि नयाँ शक्ति बनाउन हिँडेका भट्टराई पुरानै शक्तिसँग डुलिरहे । तर उनले नयाँ शक्तिको नारा दिन छाडेनन् । उनले जति नयाँ शक्ति भने पनि त्यो शक्तिले उचाई लिन सकेन । अन्ततः यसपटक उनी फेरि माओवादीको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर मैदान उत्रिने तयारीमा छन् ।

त्यसको केही समयपछि उपेन्द्र यादवको संघीय समाजवादी फोरमसँग एकता गरे र संघीय समाजवादी पार्टी बनाए । त्यसलगत्तै महन्थ ठाकुरको राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेर जनता समाजवादी बनाए । गत वर्ष जसपा पनि विभाजित भयो र ठाकुर समूह अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बन्यो भने यादव र भट्टराई समूहले जसपाको आधिकारिकता पायो । तर एक वर्षपछि नै भट्टराईले जसपा पनि छाडेर नेपाल समाजवादी पार्टी बनाएका छन् ।

२०७२ पछि नयाँ शक्ति बनाउन हिँडेका भट्टराई पुरानै शक्तिसँग डुलिरहे । तर उनले नयाँ शक्तिको नारा दिन छाडेनन् । उनले जति नयाँ शक्ति भने पनि त्यो शक्तिले उचाई लिन सकेन । अन्ततः यसपटक उनी फेरि माओवादीको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर मैदान उत्रिने तयारीमा छन् ।

डा.भट्टराई चुनावी मैदानमा उत्रिए पनि गोरखामा अब उनलाई चुनाव जित्न सहज छैन । तर रमाइलो कुरा के छ भने अघिल्लो चुनावमा उनी ११ मध्ये ९ स्थानीय तह जितेको काँग्रेससँगको गठबन्धनमा थिए भने अहिले ११ मध्ये ९ स्थानीय तह जितेको माओवादी र थप २ स्थानीय तह जितेको काँग्रेससहितको गठबन्धनमा छन् । अहिलेको सत्ता गठबन्धन निर्माणमा प्रमुख भूमिका खेलेका मध्ये एक भट्टराई आफैं भने सत्ता गठबन्धनको सिट बाँडफाँटको केन्द्रमा छैनन् ।

त्यसैले गोरखाका दुवै निर्वाचन क्षेत्र माओवादीले पाएको अवस्थामा भट्टराईलाई माओवादीले एक सिट दिनसक्छ । अर्थात कुनै बेला प्रधानमन्त्री भएका र गोरखाको राजनीतिमा निर्णायक रहेका भट्टराई अहिले आफ्नै जितका लागि अरुको भर पर्नुपर्ने अवस्थामा छन् । उनको निर्वाचन क्षेत्र गोरखा–२ मा पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका केही वडा पर्छन् ।

तर गत स्थानीय तह निर्वाचनमा यी कुनै पनि स्थानीय तहमा भट्टराई रहेको जसपाले जित हात पारेको छैन र २ वडा वडामा सीमित बनेको थियो । सम्पूर्ण मतपरिणाम हेर्ने हो भने जसपा उनको निर्वाचन क्षेत्रमा माओवादी, काँग्रेस, एमालेपछि चौथो बनेको थियो र जम्मा ७ हजार ५०४ मत मात्र ल्याएको थियो । यहाँ माओवादी केन्द्रले २१ हजार ८८६ मत, नेपाली कांग्रेसले २१ हजार ४१२ र नेकपा एमालेको ७ हजार ९२६ मत पाएका थिए ।

त्यसैले सबै पार्टी एक्लाएक्लै निर्वाचन लड्दा गोरखामा बाबुरामले जित्ने सम्भावना छैन । उनले गोरखाबाट चुनाव जित्न माओवादी र काँग्रेस एक ठाउँमा उभि दिनुपर्छ । त्यतिमात्रै होइन, गत स्थानीय तहमा पाएको सबै मत जसपाबाट बाबुरामको नेसपामा आउँछ या आउँदैन भन्ने सकिने अवस्था छैन । जसबाट नयाँ शक्ति बनाउन हिँडेको ७ वर्षमा बाबुराम आफैं शक्ति हीन बन्न पुगेका छन् ।