सडक सुरक्षाको लागि राजनीतिक पार्टी तथा सरकारलाई सुझाव दिने निर्णय

सडक सुरक्षाको लागि राजनीतिक पार्टी तथा सरकारलाई सुझाव  दिने निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७९

आम निर्वाचनको संघारमा नेपालका सडक यातायातको क्षेत्रलाई सुरक्षित र व्यवस्थित पार्न राजनीतिक पार्टीलाई सुझाव दिने निर्णय भएको छ ।  दिगो सडक र सुरक्षित सवारीको क्षेत्रमा विगत एक दशक देखि क्रियाशील नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी नेपालको कार्य समूहको काठमाडौँमा सम्पन्न वैठकले सो निर्णय गरेको हो । 

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी संयोजक  गोविन्द प्रसाद भट्टराईका अनुसार  नेपालका सडक यातायात, स्वास्थ्य, साइक्लिङ्ग तथा पैदलयात्रु, सडक दुर्घटना पीडित, मिडिया, उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील २ दर्जन भन्दा ज्यादा संघ/संस्थाको खुल्ला नेटवर्कको रुपमा यस एलायन्स ७ वर्ष अगाडि स्थापना भएको हो ।  पेशागत संगठनहरु, व्यावसायिक संघ संस्था, एकेडेमिक र रिसर्च तथा विश्वविद्यालय, च्यारिटेबल अर्गनाइजेसन, गैर–सरकारी संस्थाहरु, तथा सेफर मोबिलिटी फर अलको एजेण्डामा रुचि राख्नेहरूको साझा संस्था यस एलायन्सले आफ्नो अगामी कार्यक्रमको अनुमोदनको लागि  यस बैठक आयोजना गरेको हो ।   

सुरक्षित यात्राको अधिकार मेरो मानव अधिकार 'भयरहित यात्राको अधिकार' 'दिगो विकासका लागि सुरक्षित सडक र यातायात, दुर्घटना पीडितका लागि राज्य र समुदाय , रोड सेफ्टी काउन्सिल, सुरक्षित, व्यवस्थित र सबैको पहुँचको सार्वजनिक यातायातका साथै पैदलयात्रु साइकल र ह्विलचियर युजर्सको लागि विशेष व्यवस्थाको लागि यस एलायन्सले आफुलाई सक्रिय बनाइरहेको छ । 

संयुक्त राष्ट्र संघले सन् २०२१–३० लाई सडक सुरक्षा दशकको रुपमा मनाउँदै सन् २०३० सम्म हालको सवारी दुर्घटनाबाट आकल मृत्युको संख्या आधा घटाउने लक्ष्य लिएको सन्दर्भमा नेपाल सरकारले जारी गर्न लागेको मा राष्ट्रिय कार्य योजनमा सुझाव दिने र प्रादेशिक एक्सन प्लानको लागि सुझाव दिने कार्यको लागि वैठक आयोजना गरिएको छ ।

प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको संयोजकत्वमा रहेको यस एलाएन्समा माननीय रंगमती शाही तथा गणेश पहाडी लगायतका सदस्यहरु रहनुभएको छ नास फाण्डेशन नेपाल  यस एलायन्सको सचिवालयको रुपमा रहेको छ ।