अजय देवगनको पिताको निधन

अजय देवगनको पिताको निधन

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ १३, २०७६

काठमाडौं, एजेन्सी ।  बलिउड अभिनेता अजय देवगनको पिता तथा चर्चित एक्शन डाइरेक्टर वीरू देवगनको ८५ वर्षको उमेरमा निधन भएको छ ।

उनलाई पछिल्लो केही समयदेखि बिरामी परेका  कारण सांताक्रूजको सूर्य हस्पिटलमा भर्ना गरिएको थियो । तर सोमवार बिहान हस्पिटलमै उनलाई हर्ट अट्याक भएको थियो ।

उनको अंतिम संस्कार सोमवार बेलुकी ८ बजे विले पार्ले स्थित श्मशानमा गरिने कार्यक्रम छ ।  

वीरू देवगनलाई बलीउडको पुरानो एक्शन डाइरेक्टर तथा स्टंटमैन मानिन्छ ।

उनको श्रीमती, दुई छोरा र छोरी छन् ।