कवि राम बर्तौला माओवादीका तर्फबाट समानुपातिक उम्मेदवार सिफारिसमा

कवि राम बर्तौला माओवादीका तर्फबाट समानुपातिक उम्मेदवार सिफारिसमा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २१, २०७९

काठमाडौँ । कवि राम बर्तौला आसन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फको उम्मेदवार सिफारिस भएका छन् ।

मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, पालुङ निवासी बर्तौलालाई नेकपा माओवादीले समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको हो । \

लामो समयदेखि साहित्य, पत्रकारिता, राजनीति र कृषि कर्ममा संलग्न रहँदै आएका बर्तौला अधिवक्तासमेत हुन् । नेकपा माओवादी मकवानपुर–काठमाडौँ सम्पर्क समन्वय समितिको शनिबार बसेको बैठकले सम्पर्क समन्वय प्रदेश समितिसमक्ष विद्या ढकालसहित बर्तौलाको नाम सिफारिस गरेको हो ।

यसै गरी सम्पर्क समन्वय समितिको बैठकले संघीय प्रतिनिधि सभा प्रत्यक्षतर्फ क्षेत्र नं=१ का लागि जनक बर्तौला र क्षेत्र नं. २ का लागि विनोद महर्जनको नाम सिफारिस गरेको छ ।

प्रदेश सभाको प्रत्यक्षतर्फ क्षेत्र नं. १ ९क० बाट  उद्धव आचार्य, (ख) बाट इन्द्र खतिवडा,  क्षेत्र नं। २ ९क० बाट विष्णुहरि ढकाल, विश्वमान श्रेष्ठ, (ख) बाट जगन्नाथ प्रसाद अधिकारी र इन्द्र सिंह विश्वकर्माका साथै समानुपातिकतर्फ सरिता लामा र कमलबहादुर देउलालाई सिफारिस गरिएको छ ।