लिज ट्रस: मार्गरेट थ्याचरको त्यो भूमिका र आइरन लेडीका रुपमा वास्तविक भूमिकामा

लिज ट्रस: मार्गरेट थ्याचरको त्यो भूमिका र आइरन लेडीका रुपमा वास्तविक भूमिकामा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २१, २०७९

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले बोरिस जोनसनको उत्तराधिकारीका रुपमा लिज ट्रसलाई छानेको छ । भारतीय मूलका नेता ऋषि सुनकलाई हराउँदै ट्रस कन्जरभेटिभ पार्टीको नेता बनेकी हुन् । अब उनी मंगलबार नै बेलायतको प्रधानमन्त्री नियुक्त हुनेछिन् । बेलायतको नयाँ प्रधानमन्त्रीका अघि देशको कमजोर अर्थतन्त्रलाई सम्हाल्ने र अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउँदै अघि बढाउने चुनौती छ । 

त्यो भूमिका, यो भूमिका

सात वर्षको उमेरमा उनले विद्यालयमा आम चुनावसम्बन्धी नाटकमा मार्गरेट थ्याचरको भूमिका निभाएकी थिइन् । त्यसबेला बेलायतकी प्रभावशाली प्रधानमन्त्री रहेकी थ्याचरले १९८३ मा बहुमत पाएकी थिइन् । त्यसबेला लिज ट्रसले सफलता पाइनन् । उनले सो घटना स्मरण गर्दै भनेकी थिइन्,– म त्यस बेला मैदानमा उत्रिए र चुनावी मञ्चमा मन्तव्य दिएँ । तर शून्य भोट पाएँ । म आफैंले पनि आफूलाई भोट हालिँन ।’

सो घटनाको ३९ वर्षपछि सोमबार तिनै आइरन लेडी वास्तविक भूमिकामा पुगेकी छन् र कन्जरभेटिभ पार्टीको नेता बनेकी छन् । सबै पाँच चरणका निर्वाचनमा टोरी सांसदहरूले विदेशमन्त्री ट्रस भन्दा अर्थमन्त्री ऋषि सुनकलाई मत दिएका थिए । तर पार्टी सदस्यहरुले सुनकलाई पछाडि पारिदिएका छन् र ट्रसलाई विजयी गराएका छन् ।

ट्रसले ५७ प्रतिशत मत पाइन् भने सुनकले ४३ प्रतिशत मात्र मत पाए । ट्रसले प्रधानमन्त्री कार्यकालको सबैभन्दा कठिन घडीमा बोरिस जोन सनलाई साथ दिएकी थिइन् । ट्रस सन् १९७५ मा अक्सफर्डमा जन्मिएकी हुन् । उनका बाबु गणितका प्राध्यापक र आमा वाम खेमाकी नर्स हुन् । बाल्यकालमा नै उनी आमासँग परमाणु निःशस्त्री करण अभियानका जुलुससहित सहभागी हुन्थिन् । परमाणु निःशस्त्रीकरण अभियान चलाउनेहरूले पश्चिमी लन्डनस्थित आरएएफ ग्रीनह्याम कमनमा अमेरिकालाई परमाणु वारहेड राख्ने दिने थ्याचर सरकारको निर्णयको कडा विरोध गरेका थिए । विद्यालयपछि उनी अक्सफोर्ड विश्वविद्यालयमा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र अध्ययन गरिन् । 

विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेकी उनी सुरुमा लिबरल डेमोक्रेटिक पार्टी निकट थिइन् । सन् १९९४ को पार्टी सम्मेलनमा उनले बेलायतबाट राजतन्त्र अन्त्य हुनुपर्ने पक्षमा भाषणा गरेकी थिइन् । 

उनले ब्रिघटनमा एक पटक भाषणाका क्रममा भनेकी थिइन्,– हामी लिबरल डेमोक्रेटहरू सबैले अवसर पाउनुपर्छ भन्नेमा विश्वास गर्छौं । मानिसहरू शासन गर्नका लागि जन्मन्छन् भन्नेमा विश्वास गर्दैनौं ।’ 

स्नातकपछि उनले शेल र केबल तथा वायरलेसमा एकाउन्टेन्टका रूपमा काम गरिन् । सोही क्रममा उनी आफ्नै सहकर्मी एकाउन्टेन्ट ह्युग ओलेरीसँग सन् २००० मा वैवाहिक बन्धनमा बाँधिइन् । उनका दुई सन्तान छन् । 

‘इयूमा बिक्री गर्दा धेरै नियमहरू, धेरै फारमहरू र थप समय लाग्ने भएकाले त्यो तीन खाले दुःख निम्त्याउनु हो ।’ ब्रेक्जिटपछि आफ्नो विचार परिवर्तन गरेकी उनी थेरेसा मे नेतृत्वको सरकारमा न्यायमन्त्री र पछि अर्थमन्त्री भइन् । सन् २०१९ मा बोरिस जोनसनको कार्यकालमा अन्तर्राष्ट्रिय व्यापारमन्त्री बनिन् । सन् २०२१ मा उनी विदेशमन्त्री बनिन् । विदेशमन्त्री बेलायती सरकारको अति उच्च पद मध्येको एक हो । 

सन् २००१ को आमनिर्वाचनमा उनी वेस्ट योर्कसायरको हेम्सवर्थबाट उम्मेदवार बनेकी थिइन् । तर उनी पराजित भइन् । सन् २००५ मा वेस्ट योर्कसायरकै काल्डर भ्यालीबाट उम्मेदवार बनिन् । यो पटक पनि उनको हातमा सफलता परेन । तर ट्रस सन् २००६ मा दक्षिणपूर्वी लन्डनको ग्रीनविचको काउन्सिलर बन्न सफल भइन् । 

कन्जरभेटिभ नेता डेभिड क्यामरुनले ट्रसको नाम उनको ‘ए–लिस्ट’ मा राख्दै उनलाई प्राथमिकतामा रहेकी उम्मेदवार बनाए । जसका लागि उनलाई जित सुनिश्चित भएको दक्षिण पश्चिम नोर्फोकमा उम्मेदवार बनाइयो । टोरी सांसद मार्क फिल्डसँग उनको प्रेमसम्बन्ध रहेको भन्ने खुलासा भएपछि संसदीय टोरी एसोसिएसनसँग छनोट सूचीबाट हटाउने विषयमा संघर्ष गर्नुपरेको थियो । यद्यपि उनीविरुद्धको प्रयास असफल भयो र उनी १३ हजारभन्दा बढी मतान्तरले विजयी भइन् । 

उनी सन् २०१० मा चार जना कन्जरभेटिभ सांसदले लेखेको ब्रिटानिया अनचेन्ड पुस्तककी सहलेखिका पनि हुन् । सोही किताबले उनलाई खुला बजार अर्थतन्त्रको प्रभावशाली पक्षधरका रूपमा उभ्यायो ।

सांसद बनेको दुई वर्षपछि नै उनी शिक्षामन्त्री बनिन् । सन् २०१४ मा वातावरणमन्त्री भइन् । सन् २०१६ मा भएको ब्रेक्जिटको उनी विपक्षमा थिइन् । उनले द सन पत्रिकामा लेख्दै ब्रेक्जिटले भनेकी थिइन्– ‘इयूमा बिक्री गर्दा धेरै नियमहरू, धेरै फारमहरू र थप समय लाग्ने भएकाले त्यो तीन खाले दुःख निम्त्याउनु हो ।’ ब्रेक्जिटपछि आफ्नो विचार परिवर्तन गरेकी उनी थेरेसा मे नेतृत्वको सरकारमा न्यायमन्त्री र पछि अर्थमन्त्री भइन् । सन् २०१९ मा बोरिस जोनसनको कार्यकालमा अन्तर्राष्ट्रिय व्यापारमन्त्री बनिन् । सन् २०२१ मा उनी विदेशमन्त्री बनिन् । विदेशमन्त्री बेलायती सरकारको अति उच्च पद मध्येको एक हो । 

विदेशमन्त्री हुँदा उत्तरी आयरल्याण्डमा प्रोटोकल सम्बन्धी समस्या हल गर्न माग गर्दा युरोपेली संघको व्यापक आलोचना खेप्नुपरेको थियो । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि गरेको आक्रमण विरुद्ध उनी कडा रुपमा प्रस्तुत भएकी थिइन् । पार्टी नेताको चयनका क्रममा भारतीय मूलका ऋषि सुनक विरुद्ध कन्जर्भेटिभ पार्टीका दक्षिणपन्थीहरू एकजुट भएका थिए । जसका कारण उनलाई नयाँ नेताका रुपमा उदाउन सहज भयो । यद्यपि उनी कन्जर्भेटिभ पार्टीमा दक्षिणपन्थी धारकी नेता होइनन् ।

 बीबीसी र बेलायती सञ्चारमाध्यममा आधारित