जातीय विभेद गर्न विरुद्ध तत्काल प्रतिरोधमाउत्रन माधवकुमार नेपालको निर्देशन

जातीय विभेद गर्न विरुद्ध तत्काल प्रतिरोधमाउत्रन माधवकुमार नेपालको निर्देशन

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २२, २०७९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जुन ठाउँमा जातीय विभेद हुन्छ, त्यही ठाउँमा तत्काल प्रतिरोध उत्रन निर्देशन दिएका छन् । 

नेपाल दलित मुक्ति संगठनको चौथो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले एक्काइसौं शताब्दीमा पनि छुवाछूत गर्ने जो कसैलाई पनि नछोड्न र तत्काल प्रतिरोध गर्न दिर्नेशन दिएका हुन् । उनले देशको जुनसुकै ठाउँमा पनि छुवाछूत भए दलित मुक्ति संगठनका नेता तथा कार्यकर्ताहरु एक भएर लाग्नुपर्ने उहाँको भनाई थियो । 

अध्यक्ष नेपालले एकीकृत समाजवादीका कुनै सदस्यले जातीय छुवाछूत गरे पार्टीबाट तत्काल निष्कासन गर्ने र सँगसँगै ऐन अनुसार कारवाहीका लागि अगुवाई गर्ने प्रतिवद्धता पनि जनाए ।  ‘कुनै पनि कम्युनिष्ट कार्यकर्ताले विभेद गर्दैन । जातीय विभेद गर्ने कोही पनि नेकपा (एकीकृत समाजवादी) को नेता र कार्यकर्ता हुन सक्दैनन्, उनले भने, ‘कसैले छुवाछुत गर्न खोजे पार्टीमा उजुरी गर्नुस् । तुरुन्तै कारवाही गर्छौ ।’

उनले सबै दलित नेता तथा कार्यकर्ताहरुलाई काठमाडौं र सदरमुकाम केन्द्रित नहुन निर्देशन समेत दिए । उनले को उम्मेदवार हुन्छ भन्ने भन्दा पनि पार्टीका नेता उम्मेदवार हो भन्ने भावनाले काम गर्न पनि आग्रह गरे । उनले पाँच दलीय गठबन्धन गर्ने अन्तिम तयारी भइरहेको र त्यो आवश्यकता भएकोमा जोड दिए । 

सो बैठकमा सम्मानित नेता झलनाख खनालले वर्गीय विभेद कायम रहि रहेसम्म समाज अग्रगामी दिशातर्फ जान नसक्ने बताए । उनले समाज परिवर्तनका लागि कसैलाई जिम्मा दिने भन्दा आफैं अग्रसर हुनुपर्ने बताए । 

नेता खनालले दलित मुक्तिका लागि समानुपातिक मात्रै नभएर समान हिस्सेदार हुनुपर्नेमा जोड दिए । उनले आगामी मंशिर ४ गते हुने निर्वाचनमा पार्टीले दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । 

सो बैठकमा पार्टी उपमहासचिव  डा। विजय पौडेल, स्थायी कमिटी सदस्य भवेन्द्र पराजुली, केन्द्रिय सदस्य पार्वती विशुंखे लगातयले सम्वोधन गरेका थिए । 

सो बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दलित समुदायको उपस्थितिलाई बलियो बनाउन माग गरेको थियो । सो बैठकले विभिन्न विभागहरुको पूर्णता दिएको छ भने दलित आन्दोलनका विभिन्न समसामयीक विषयहरु पनि पास गरेको छ । 

दलित मुक्ति संगठनका केन्द्रिय अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) पोलिटव्यूरो सदस्य गणेश विश्वकर्माको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय काठमाडौमा भएको सो बैठकमा केन्द्रिय उपाध्यक्ष दुर्गा परियारले स्वागत गरेकी थिइन् ।