रेबिज रोग गाउँ भरी फैलिएपछि विद्यार्थीद्वारा चेतनाका कार्यक्रम सञ्चालन

रेबिज रोग गाउँ भरी फैलिएपछि विद्यार्थीद्वारा चेतनाका कार्यक्रम सञ्चालन

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २२, २०७९

काभ्राे ।  भुम्लु गाउँपालिका वडा नं. १ सापिङमा तिव्र रूपमा फैलिरहेको रेबिज रोग गाउँ भरी फैलिएपछि विद्यार्थीहरुद्रा  जन चेतनाका कार्यक्रम सञ्चालनमा ल्याइएको छ । 

रेबिज रोग विरुद्ध  वडा अध्यक्ष लेख बहादुर श्रेष्ठ र  श्री सेति देवि मा. वि. रिठ्ठेका, प्रध्यानाध्यापक अमर बहादुर प्रधान सहितको टोलीले शिक्षक शिक्षिका, विद्यालय नर्सको साथमा विद्यार्थीहरुद्वारा  रेबिज रोग विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । 

काभ्रेको भुम्लुमा फैलियो रेबिज, सिंगो गाउँ नै जोखिममा: ५० भन्दा धेरै पशु चौपायाको मृत्यू भन्ने समाचार लोकसंवाद डटकमले प्रकाशन गरेको  थियो ।