१ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न  सकिने योजना संचालनमा

१ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न  सकिने योजना संचालनमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २२, २०७९

ललितपुर ।  नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना संचालन गरिरहेको छ ।

डिश होमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिश होमको डिलर दाइबाट फण्ड ट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन्।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एच डि, सरोकार टिभी, रियालिटि टिभी, नेपा च्यानल लगायत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने छ ।

एक दशकदेखी स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो साथै डिटिएच प्रविधि मार्फत टेलिभिजन सेवा दिईरहेको डिशहोमले  फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेममा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको  डिशहोमले जनाएको छ ।