काभ्रेपलान्चोक कोसीपारि सडकको नालीबेली : ठेकेदार र नेतालाई दसैँ, सर्वसाधारणलाई दशा !

काभ्रेपलान्चोक कोसीपारि सडकको नालीबेली : ठेकेदार र नेतालाई दसैँ, सर्वसाधारणलाई दशा !

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  भदौ २३, २०७९

काभ्रेपलान्चोक ।  काभ्रेपलान्चोक जिल्लाको कोसीपारि अन्तर्गत पर्ने भुम्लु गाउँपालिका अहिले दोस्रो कर्णाली भनेर नामाकरण नै गर्ने गरिएको छ । 

बिकासको निम्ति बजेट पनि नपरेर होइन ! करोडौंको बजेट बिनियोजन हुन्छ  तर सडक आज अस्तव्यस्त अवस्थामा रहेका छन । स्थानीय बासिन्दा भन्न बाध्य छन्- पुरानो स्थानीय सरकार हुँदा नि सडक मर्मत नभएर बर्खामा जनताले सास्ती खेप्नु पर्यो नयाँ स्थानीय सरकारको पालामा नि उहीँ छ  पारा । 

सडक खण्ड मात्रै भन्ने हो भने  सिलामे सापिङ सिम्थलीका लागि विनियोजित करोडौँ  बजेटको हुँदा हुँदै पनि सर्वसाधरण नागरिक  पैदल हिड्नु पर्ने बाध्यता छन् । भुम्लु गाउँपालिका स्थित घट्टेखोला भिमसेन थानको सडकमा  लाखौं बजेट खर्च गरिएको भएपनि त्यहाँ  गाडी चल्दैनन्  ।  स्थानीयहरुको भनाइ छ - 'सडक बिकासको नाममा वा सडकखण्ड बनाउन बजेट त आउँछ तर बिकास जस्तो होस कमाउ भन्ने पाराले आउँछ। हिउँदमा यसो गाडी हिडेको जस्तो देखिन्छ अनि बर्खामा उपयुक्त ढल र नालीको ब्यबस्था नहुँदा वर्षा याममा गाडि होइन भल बाढी दौडिने गर्छ। अनि हिजो तिनै गरिब दुखी लाई तिम्रो घरबारीमा बाटो जोड जग्गाको मूल्य बढ्छ भन्दै फकाएर गरि खाने जग्गा पेल्न लगाइ आफू टेन्डर वाला वा उपभोक्ता समिति अध्यक्ष बनी पैसा कुम्ल्याउने सहरमा महल ठडिने गरेका छन् । यसरी बनेको सडकबाट आएको भल बाढीले बाँकी घर जग्गा नै  बढारी दिन्छ।'

 खासै यो सडकको लागि बजेट छुट्टिएको होइन जस्तो लाग्छ । यो त आफ्ना कार्यकर्ता ठेकेदारलाई मोटो बनाउनको लागि मात्र छुट्टिएको बजेट जस्तो भयो। सडक निर्माणको नाममा घुमाइ मिलाइ आफ्नै पार्टीका कार्यकर्ता हाली तीन भागमा एक भाक काम गरेर दुई भाग आफ्नै गोजी भर्ने प्रवृति हाबी भएको  स्थानीयहरुको  आरोप लगाउने गरेका छन् । 

 अझ बिकासको नाममा गरिब जनताको छोराछोरीले काम त परै जावस देख्न समेत पाउँदैनथे आफ्नै कम्पनीको डोजर, आफ्नै पार्टीको ठेकेदार सबै आफ्नै आफ्ना सबै आफ्नै को ढुकुटी भर्न ब्यस्त ब्यक्तिले कसरी बिकास गर्ला सडक बिकासको नाममा  आफ्नो पुस्तौं पुस्ताको बिकासमा नै ध्यान गएका कारण जनता मर्माहत  हुने गरेका छन् । 

 हामी गरिब दुःखी को लागि राम्रो हुन्छ भनेर नै अहिले नयाँ स्थानीय सरकारलाई भोट हालिऊँ जितायौ तर आज बाटो सम्म मर्मत नभएर शिशु गुमाउनु पर्‍यो । मलाइ त यस्तो भयो अब अरुलाई नहोस्' ।

 बजेट पार्ने बेलामा करोडौंको बजेटको निवेदन खल्तीमा तातो बनाउदै लान्छन् तर त्यो बजेटको नेता नेताका परिवारको भविष्य राम्राे बनाउन खर्च गरेका कारण कोसी पारी  दोस्रो कर्णालीको उपमा बोक्न बाध्य छ ।  गरिब जनताको भने बाटोको अभावमा चिसो सडकमा हिलाम्य सडकमा बाटो मर्मत नभएको कारण एक सुत्केरी महिलाले शिशुको ज्यान गुमाउन बाध्य भइरहेका छन् । 

भुम्लुका जनप्रतिनिधि मस्त निद्रामा : बाटो मर्मत नहुँदा जन्मन साथ बाटोमै नवजात शिशुको मृत्यु

बिगतका दिनहरुमा सडक मर्मतको नाममा माथी माथी डोजर दौडाएर रात रात समिति भित्रका व्यक्तिहरु लोकल भालेको मासुमा ब्यस्त हुने गरेका यो बजेटबाट कति फाइदा निकाल्ने कसलाई कति भाग लगाउने भन्ने कुरामा प्रतिस्पर्धा हुने गरेको छ । बजेट सडक बिकासको नाममा पेट बिकासको लागी मात्र काम हुने गरेको छ  । 

 फलानो योजनामा ल मेरो पार्टीको फलानो लाई दिउँ यो योजना, भन्दै माथि बाट नै इन्जिनियर ठेकेदार नेता कार्यकता सबका सब मिलेर बिकासको नाममा गिद्दले सिनो लुछे झै बजेट लुछेचुँडी हुने गरेकाे आरोप स्थानीय  बासीले लगाउने गरेका छन्  त्यसैले त  राजधानीको नजिकको जिल्ला भएर पनि बाटो मर्मत नहुँदा कारण सुत्केरी महिलाले आफ्नो शिशु बाटो बाटोमा नै  गुमाउनु परिरहेको छ । साना साना बालबालिकाहरु विद्यालय जाँदा गोडा चिरिने चुचे ढुङ्गाले भरिएको रोडामा माथि हिड्न बाध्य छन् । न त बिगतका स्थानीय सरकार बाट नै जनताले राम्रो सडक पाए न त अहिलेको नयाँ नेतृत्वको स्थानीय सरकारबाट अपेक्षा नै गरिरहेका छन् । 

भुम्लुका स्थानीय नेपाल यातायात मजदुर संगठनका प्रथम उपाध्यक्ष दिपक केसीका अनुसार बिगतका पुरानो स्थानीय सरकारको पालामा पनि ५० औं लाखको बजेट सोलिङको बहानामा ढुङ्गा मात्र थुप्राउने काम भयो २/३ महिना मै खेर गयो। सडक बजेटमा करोडौं खर्च भयो तर जनताले बर्षायाममा राम्रो बाटो पाउन सकेनन् ।  ६ महिना गाडी चल्छ जसोतसो ६ महिना चल्दैन किसानले उत्पादन गरेका तरकारी बेच्न कठिन छ ।  सडकहरु एउटै वडामा धेरै छन् मुल सडकलाई प्राथमिकता नदीनाले आज जनता मारमा छन्। यत्रो बजेट परेको ठाउँमा अब दशैं आयो दशैंमा आवत जावत गर्न समेत जनतालाई बाटो छैन।  साथै बिगतका दिनहरुमा मिलेमतोमा सडक बिकासमा भ्रष्टाचार भएर, आफ्ना ठेकेदार पोसेर नै अहिले यस्तो भएको हाे ।'

साथै अब नयाँ नेतृत्वको स्थानीय सरकार आएपछि आधारभुत विकासलाई प्राथमिकता दिन्छन् कि  भन्ने आशामा समेत आफुहरु रहेको  प्रथम उपाध्यक्ष  केसीले बताउनु भएको छ।साथै केही महिना अगाडि बाटोको कारणले नै  सुत्केरीले शिशु गुमाउनु परेको थियो सापिङका पिडित महिलाको श्रीमान कृष्ण माझि भन्नुहुन्छ - हामी गरिब दुःखी को लागि राम्रो हुन्छ भनेर नै अहिले नयाँ स्थानीय सरकारलाई भोट हालिऊँ जितायौ तर आज बाटो सम्म मर्मत नभएर शिशु गुमाउनु पर्‍यो । मलाइ त यस्तो भयो अब अरुलाई नहोस्' ।

स्थानिय सुमन भारती भन्नुहुन्छ -अहिले नयाँ आएको स्थानीय सरकारले पनि सिलामे सापिङ सिम्थली सडक खण्ड बीचमा पहिरोले छेकिरहँदा पनि चासो दिनुभएन ४/५ घण्टामा सफा गरिसक्ने सडक आज रोकिएर बसेको छु तुरुन्तै ध्यानाकर्षण होस् । भुम्लु बासीहरूले अहिलेका स्थानीय सरकारलाई भाषण भन्दा र कुरा भन्दा पनि आधारभुत आवश्यकता जनतालाई के हो त्यो पहिचान गरि अघि बढ्न आग्रह समेत गरेका छन् ।