निर्वाचनको तयारीमा जसपा:  ७ वटै प्रदेशमा प्रचार संयोजकको जिम्मेवारी

निर्वाचनको तयारीमा जसपा:  ७ वटै प्रदेशमा प्रचार संयोजकको जिम्मेवारी

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २२, २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागले आसन्न निर्वाचनको प्रचारप्रसारको लागि जिम्मेवारी बाँडफाँड गरेको छ । आज बसेको विभागको बैठकले ७ वटै प्रदेश समिति र मधेशका ८ वटा जिल्लालाई समेत केन्द्रीय विभागले हेर्ने गरी प्रचार संयोजक तोकेको हो । 

जस अनुसार प्रदेश नम्बर १ र धनुषा जिल्लाको प्रचार संयोजनको जिम्मेवारी योगराज वनेमलाई, मधेश प्रदेशको संयोजनको जिम्मेवारी अमरनाथ मण्डललाई, बागमती प्रदेश र बारा जिल्लाको संयोजक लक्ष्मण हुमागाई, गण्डकी प्रदेश र सिराहा जिल्ला संयोजक कर्णबहादुर बुढा मगर,  लुम्बिनी प्रदेश र महोत्तरी जिल्ला संयोजक मनिकर कार्की, कर्णाली प्रदेश र पर्सा जिल्ला संयोजक पासाङ शेर्पा र महेश चौरसियालाई सुदुरपश्चिम प्रदेश र सप्तरी जिल्लाको प्रचार संयोजनको जिम्मेवारी दिएको छ । 

त्यसैगरी सर्लाही जिल्लाको संयोजनका लागि सीमा सिंह र रेवन्त झालाई रौतहट जिल्लाको जिम्मेवारी तोकिएको छ ।