रौतहट–४ बाट प्रतिनिधि सभा समानुपातिकमा एमाले नेतृ साह सर्वसम्मत सिफारिस

रौतहट–४ बाट प्रतिनिधि सभा समानुपातिकमा एमाले नेतृ साह सर्वसम्मत सिफारिस

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २२, २०७९

रौतहट । रौतहट जिल्ला निर्वाचन क्षेत्र नंं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फ   नेकपा एमाले क्षेत्रीय कमिटीले लोकप्रिय नेतृ वीणा साहको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको छ । साह स्थानीय तहमा वि।सं। २०४१ देखि नेकपा एमालेमा आबद्ध रही निरन्तर क्रियाशील  छिन् ।

साहको पार्टीप्रति लगनशीलता, समर्पण र योगदानको कदर गर्दै नेकपा एमाले रौतहट ४ नं. क्षेत्रीय कमिटीले सर्वसम्मतबाट उनलाई चयन गरेको हो । नेकपा एमाले पार्टीको विभिन्न तह तप्कामा सक्रिय भएर काम गर्दै आएकी साह हाल नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् । साह जिल्लामा सर्वप्रिय नेतृका रूपमा परिचित छिन् ।