एकीकृत समाजवादी जिल्ला सदस्य  कुमार लामा माथि सांघातिक आक्रमण

एकीकृत समाजवादी जिल्ला सदस्य  कुमार लामा माथि सांघातिक आक्रमण

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २३, २०७९

काभ्रे । नेकपा (एकीकृत समाजवादी) काभ्रेका जिल्ला कमिटी सदस्य  कुमार लामा (च्यामा) माथि संघातिक आक्रमण भएको छ। हिजो राति सात बजे  रोशि  गाउँपालिका वडा नम्बर ७ भदौरेका कृष्ण थोकरले  जिल्ला कमिटी सदस्य लामा माथि  कुटपिट तथा दुर्व्यवहार गरेका हुन ।

रोशि गाउँपालिका वडा नम्बर ३ भदौरेमा बाग्मती प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको घट्टेखोला सिंचाई उपभोक्ता समिति गठन भइरहेको भेलामा विवाद भएपछि विकास निर्माण कार्यमा अवरोध पुर्याउने र स्थानीय जनतालाई आतङ्कित पार्ने उद्देश्यले  पार्टीको जिम्मेवार सदस्यमाथि आक्रमण भएको नेकपा एकीकृत समाजवादी काभ्रेद्वारा जारि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

जनताको जीवनस्तर उठाउने जिम्मेवारी निर्वाह गरि अभिभावकीय भूमिकामा रहने क्रममा आतातयि निन्दनीय भत्सर्ना योग्य कार्य गर्ने  आक्रमणकारी कृष्ण थोकर माथि हदैसम्म कडाभन्दा कडा  कानुनी कारबाही  गर्ने प्रकृया अविलम्ब अगाडी बढाइएको जिल्ला कमिटी सचिव गोकुल गौतमले जानकारी दिनुभयो। साथै कार्वाहीको लागि सम्बन्धित निकायलाई  माग गरिएको छ।