डिशहोमको एक लाख रकम स्याङ्जा स्थित गल्याङका  रोमलाल अधिकारीलाई हस्तान्तरण

डिशहोमको एक लाख रकम स्याङ्जा स्थित गल्याङका  रोमलाल अधिकारीलाई हस्तान्तरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २३, २०७९

डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले जिते नगद एक लाख ।

प्रमुख अतिथि वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलर दाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फ वाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटा को उपस्थितिमा, क्षेत्रीय सेल्स म्यानेजर, प्रदीप सुवेदीले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ ।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने यो योजना अन्तर्गत डिशहोम डि.टिप.एच.का ग्राहकहरूले नजिकैको डिलर दाईकोमा गएर फन्ड ट्रान्सफर मार्फत तथा कुनै पनि मोबाइल पेमेन्ट सर्भिसबाट १ वर्षको रिचार्ज गर्दा २ वर्षको लागी टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ ।

विजेता अधिकारीलाई हार्दिक बधाई दिँदै सम्पूर्ण डिशहोम डि.टिप.एच.का ग्राहकहरूले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । 

लक्की ड्र को प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिप।भी।, रमाइलो एच।डी।, सरोकार टिप।भी।, नेपा: च्यानल, र डिशहोम सोकेसमा हेर् नसक्नु हुन्छ ।